२०७७ कार्तिक १४, शुक्रबार

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

सुर्खेत, १९ जेठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टिमा तीव्रता आएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १९८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेखमा ८९ जना, सल्यानमा ३५ जना, सुर्खेत ३४ जना, जुम्लामा दुइ प्रहरी सहित १९ जना संक्रमित भएका छन् । यस्तै, कालिकोटमा १८ जना, मुगुमा एक जना, बझांग र बाजुराका एक एक जना गरि १९८ जनामा कोरोना पुष्टि भएको हो । कर्णालीमा एक जनाको कोरोनाका कारण मृत्यू भइसकेको छ ।