२०७७ कार्तिक ९, आईतवार

कोरोनाको उच्च जोखिममा दैलेख देखिएपछि प्रदेश सरकार बनाउँदै २५० बेडको आइसोलेसन वार्ड

सुर्खेत, १९ जेठ ।
कर्णाली प्रदेशको सबैभन्दा बढि कोरोनाको जोखिममा दैलेख देखिएपछि कर्णाली प्रदेश सरकार जिल्लामा दुइ सय पचास बेडको आइसोलेसन बनाउन सुरु गर्ने भएको छ । प्रदेस सरकारका सामाजिक विकास मन्त्री दल रावलका अनुसार दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा पचास बेड, ठाँटीकाँध गाउँपालिकामा पचास बेड, दुल्लु अस्पतालमा पचास बेड, दैलेख अस्पतालमा पचास बेड र नौमुलेमा पचास बेड आइसोलेसन तयार गर्न लागिएको छ । ‘दैलेखमा कोरोनाको संक्रमणमा तीव्रता आएसँगै डाक्टरको दरवन्दी भएका स्वास्थ्य संस्थामा आइसोलेसन वेड स्थापना गर्ने भएका छौं ।’ मन्त्री रावलले भने, ‘पैसा जति लाग्छ सरकारले व्यहोर्ने गरी काम अघि बढछ ।’