२०७७ कार्तिक ३, सोमबार

कोरोनाबाट जनताको जीवनरक्षा गर्नु नै पहिलो प्राथमिकता – मुख्यमन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोनाबाट जनताको जीवन रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको वताउनुभएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका प्रश्न एवं जिज्ञासाहरुको मंगलवार प्रदेश सभाको वैठकमा जवाफ दिदै मुख्यमन्त्री शाहीले भोकबाट जोगाउनु पनि सरकारको प्राथमिकता भएको वताउनुभयो ।

कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थिति र महामारीको संकटसंग जुध्नका लागि सरकारले तय गरेको प्राथमिकताका सम्वन्धमा प्रदेशसभामा सर्वसम्मति देखिएको उहाँको भनाई छ । मुख्यमन्त्री शाहीले नेपालमा कोरोना संक्रमण भित्रिएको चार महिना सम्म पनि कर्णालीमा संक्रमण रोकेको दावी गर्नुभयो । पछिल्लो वेला भारतवाट विसौं हजार नागरिक कर्णाली भित्रिएको र उनीहरुसंगै संक्रमण पनि भित्रिएको वताउदै मुख्यमन्त्री शाहीले ठुलो संख्यामा नागरिक भित्रिएकोले क्वारेन्टाईन, आईशोलेसन र परिक्षणको व्यवस्थापनमा केही समस्या देखिएको धारणा राख्नुभयो ।
मुख्यमन्त्री शाहीले कोरोना नियन्त्रण तथा रोकथामका लागि क्वारेन्टाईन व्यवस्थित गर्ने र संक्रमणलाई समुदायमा फैलन नदिई नियन्त्रणमा राख्ने नीति लिईएको वताउनुभयो । संक्रमण रोकथामका लागि च्म्त् र एऋच् परिक्षणको दायरा वृद्धि गर्ने र प्रदेशमा एऋच् प्रयोगशाला थपेर तीन स्थानबाट परिक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोनाले उत्पन्न समस्या मध्ये कर्णालीमा भोकमरीको समस्या पनि प्रमुख समस्याका रुपमा रहेकोले भोकमरीवाट जोगाउँन आगामी आवमा खाद्य सुरक्षा, खाद्य आपूर्ति र उत्पादन वृद्धिमा जोड दिईने वताउनुभयो । उहाले चालु आर्थिक वर्षमै २५ हजार क्वीन्टल चामल, १२ हजार क्वीन्टल गहुँ, ३ हजार क्वीन्टल दाल खरिद गरी भण्डार गर्ने र खाद्य संकट हुने जिल्लामा पठाएर भोकमरी हुन नदिने निर्णय गरेको जानकारी दिनुभयो । खाद्यान्न, तरकारी, फलफुल रैथाने वस्तु उत्पादनलाई प्राथमिकता दिने वताउदै मुख्यमन्त्री शाहीले अन्नवाली, फलफुल, दुग्धजन्य र माशुजन्य उत्पादनको वृद्धि गरि कर्णालीलाई खाद्यान्नमा आत्मानिर्भर वनाउन सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले उत्पादनसंग रोजगारीलाई जोडेर आत्मानिर्भरता तर्फ अघि बढ्ने नीति ल्याएको वताउदै स्थानीय तह र जनप्रतिनिधिहरुलाई सक्रिय रुपमा परिचालन गरि रोजगारमुलक कार्यक्रम संचालन गर्ने, त्यसवाट उत्पादन वृद्धि गर्ने, खाद्य संकट हुन नदिने र विकास निर्माणका काममा समेत मानवीय श्रमको प्रयोग गरि रोजगारि श्रृजना गरिने वताउनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोना प्रभाव कायम रहेको अवस्थामा पठन पाठन प्रभावित हुने तर्फ सरकारको ध्यान गएको भन्दै प्रविधिको प्रयोग मार्फत (भर्चुअल, अनलाईन, रेडियो, टीभी) पठन पाठन अघि बढाईने वताउनुभयो । “समृद्ध कर्णाली, सुखारी कर्णालीवासी”को दीर्घकालीन लक्ष्य प्राप्त गर्न तत्कालिन र दीर्घकालिन सवालहरुलाई सम्वोधन गर्न सरकारले “स्वास्थ्य, शिक्षा, उत्पादन र आपुर्ति–रोजगारी, आजिविका, पुर्वाधार र समृद्धि” भन्ने मुल नारा बनाएको उहाँको भनाई छ ।

भ्रष्ट्राचार र अनियमितताका सवालमा सरकार गंभिर रहेको वताउदै भ्रष्ट्राचारीलाई कारवाहीको दायरामा ल्याईने तथा सरकार र संसदीय अनुगमन संयन्त्र मार्फत पनि अनुगमनलाई प्रभावकारी वनाईनेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहीले कोरोनाका कारण उत्पन्न संकटलाई ख्याल गर्दै फजुल खर्च हुन नदिने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने र गाडि, फर्निचर, मेशीनरी लगायतका सामाग्री खरिदमा रोक लगाउने वताउनुभयो । यसैगरि अनावश्यक भ्रमण खर्च, तालिम गोष्ठी र भत्ताहरु पनि कटौती गरिने उहाँको भनाई छ ।