२०७७ कार्तिक ५, बुधबार

नीति तथा कार्यक्रम अनुसार बजेट नआए प्रतिवाद गर्ने काँग्रेसको तयारी, सरकारले सल्लाह लिनै मानेनः नेता शाही

सुर्खेत, २१ जेठ ।
कर्णाली प्रदेश सभा संसदीय दलका नेता एवम पूर्व मन्त्री जीवनबहादुर शाहीले सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम अनुसार नै बजेट ल्याउनेमा आफुहरु आशावादी भएको बताए । ‘सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्य क्षेत्र नै राख्ने बताएको छ । नीति तथा कायृक्रममा उल्लेख छ ।’ उनले भने, ‘कोरोना महामारीको समयमा भोकमरी र रोगबाट कर्णालीलाई जोगाउने बजेट सरकारले ल्याउने आशा छ । त्यस्तो बजेट नआए सदनमा काँग्रेस कडा रुपमा प्रस्तुत हुनेछ ।’
उनले सरकारले सल्लाह लिनै नचाहेको आरोप लगाए । ‘हामीले लकडाउनको अवधीमा पर्याप्त आइसोलेसन वेडको व्यवस्थापन गर्न, भारतबाट आएका हरेक नागरिकलाई कम्तिमा आरडिटी जाँच गर्न सुझाव दिएका थियौं ।’ उनले भने, ‘दुइ महिनाको अवधि हुँदा हुादै पनि सरकारका मन्त्रीलाई हेलिकप्टरमा चढने, अनुगमन गर्ने, फुलमाला र अविर लगाउने कामले फुर्सद नै दिएन । त्यसैको परिणाम स्वरुप अहिले ६ जिल्लामा कोरोना पुगेको छ । सरकारले तयारी नै गर्न सकेन ।’
‘क्वारेन्टिनको मापदण्ड अनुसार बनाउनु पर्ने थियो । १५ जना बराबर ट्वाइलेट बनाइनु पथ्र्यो, सरकारले बनाउनै सकेन । फूल अविर माला लगाउनमै सरकार व्यस्त भएको छ ।
अग्रमोर्चामा जाने सबैलाई पिपिइको व्यवस्था गर्न मुख्यमन्त्रीसँग माग गरिएको उनको भनाई छ । महामारी र भोकमरीको व्यवस्थापन गरौं ।’ उनले भने, ‘खाद्यान्न ल्याउँ, स्थानीय तहमा डिपो बनाऔं । गहुँ, चामल, फापर, कोदो खरिद गरेर राखौं भदौ तिर भोकमरी लाग्ने सम्भावना छ ।’