२०७७ कार्तिक १३, बिहीबार

एक घर एक कृषि फर्मको अवधारणा ल्याउ सरकार

सराेज न्याैपाने

काेरोना भाइरसले अहिले विश्वभरी माहामारीको रुप लिएको छ । त्यो सगै नेपालमा पनि माहामारीको रुप लगिरहेको छ । नेपालमा संक्रमित तीन हजार पुग्न थालेका छन् । संक्रमित, कोरोना संक्रमीत कोरोना भाइरससङ्ग लडिरहेका छन र नेपाल सरकार आफ्नो सम्पुर्ण शक्ति लगायेर नेपाली समाज लाई कोरोना मुक्त बनाउन लागिरहेकै छ । लकडाउनका कारणले नेपाली बजार र नेपाली अर्थतन्त्रमा निकै ठुलो असर पारिरहेको छ ।
कोरोना महामारीले भोकमरी लागिरहने कर्णालीमा कृषि उत्पादनमा पनि असर पर्ने भएपनि यसले अबसर पनि दिएको छ । नेपालको वेदैशिक रोजगारी क्षेत्रमा पनि अब तहसनहस हुँदैछ । लाखौं युवाहरु नेपाल फर्किरहेका छन् । भारतबाट फर्किने नेपालीहरुको त ओइरो नै लागेको छ ।
विगतमा युवाहरुले कृषि कर्म गर्दा नाक खुम्च्याउने संस्कार नेपालमा विकास भएको कुरा कतै लुकेको छैन । कृषि पेसाको सम्मान नहुने र कृषि गर्नलाई कृषक बन्न लजाउने प्रमुख कारण हो । हामी कृषिजन्य बस्तुहरु तरकारी, फलफूल , माछामासु अरु देश सँग भरपर्ने किनेर खाने बानी परेका छौं । कोरोनाले मान्छेको जिवनसैलीमा परिवर्तन ल्याएसंगै कृषि क्षेत्र जीवन चलाउन को लागि अति आबस्यक क्षेत्र हो भनी देखाईदिएको छ ।
देशको आर्थिक बिकास गर्ने क्षेत्र मध्य नेपालको महत्वपूर्ण क्षेत्र कृषि हो । १३ प्रतिशत कुल ग्राहस्थ उत्पादन यहि क्षेत्रले ओगटेको छ । कुल जमिनको ३३प्रतिशत जमिन कृषि उत्पादन योग्य छ र त्यसमध्य ५०.५५ प्रतिशत जमिनमा सिचाईको ब्यबस्था छ । ४५.५० प्रतिशत जमिनमा सिचाईको उचित ब्यबस्थापन भएको छैन । लगभग १०लाख हेक्टर जमिन बाझै रहेको छ । कुल संख्या को ७०.७५ प्रतिशत जनता कृषिमा आत्मनिर्भर हुँदै जिबिकोपार्जन गरिरहेका छन ।
नेपाल सरकारले बिदेशिएका ६०–७०लाख आफ्नो माटोमा पसिना बगाउन नपाई बिदेशी भूमिमा पसिना र रगत बगाउन बाध्य छन् । ती लाखौं युबाहरुलाई नेपाली कृषि उत्पादनमा जोड्ने बाटो अबलम्बन गरि अगाडि बढ्नु पर्ने देखिन्छ । नेपाललाई कृषि प्रधान देश भन्ने र प्रत्येक चुनावमा कृषिलाई राजनितीक मुद्दा बनाएर ठुलै कृषि क्रान्ति गर्छु झै गर्ने अनि चुनावी एजेण्डा र घोषणापत्रमा मा सिमित राखेको देखिन्छ नेपाली राजनितीक दलहरुले । अब यसरी कृषि क्रान्ति सम्भव छैन । कृषि क्रमनितका लागि राज्यले उचित वातावरण बनाउने, युवालाई कृषि कर्ममा लाग्ने खालको नीति ल्याउन आवश्यक छ ।
अबको हाम्रो बाटो भनेको मुख्यगरि कृषि क्षेत्रमा देखिएका समस्याहरु जस्तै आधुनिक कृषि प्रणालीमा जान नसक्नु, परम्परागत कृषि प्रणाली कायमै रहनु, कृषि योग्य जमिनको अझै लगभग ५० प्रतिशत जमिनमा सिचाईको ब्यबस्था नहुनु, मल बीउ लगायत कृषि उपकरण अभाव हुनु, खेति योग्य जमिनमा शहरीकरण हुनु र खास कृषकले अनुदान नपाउनु नै हुन ।
यावत समस्या हुदाँहुदै यी समस्यालाई समधान गर्न हामीले कृषियोग्य जमिनको संरक्षण, सिचाईको उचित ब्यबस्थापन, कृषि सम्बध ज्ञान तथा सिपमुलक कार्यक्रम, आधुनिक प्रबिधिसँग कृषि जोडदै एक घर एक फर्मको व्यवस्था र एक पालिका एक कृषि बजारको अवधारण बिकास गर्नुपर्ने, बजार नपाएको उत्पादनलाई सरकारले नै किनिदिने र बिचौलिया मुक्त कृषि क्षेत्र बनाउन राज्यको ध्यान जान आवश्यक छ ।
सरकारले क्षेत्र बिभाजन गरि बालीहरुको पकेट स्थापना गर्नु पर्यो । एउटा क्षेत्रमा एउटा बाली उत्पादन गरि युवाहरुलाइ आबद्द गराउनुका साथै हेलाको रुपमा रहेको कृषि क्षेत्रलाई सम्मानित क्षेत्र बनाउनु पर्छ ।
अब हामीले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउदै अन्य मुलुकबाट आयात लाई कमि गर्दै निर्यातमूखि कार्यमा लाग्न जरुरी छ । यसकालागि बिदेशीने युबाहरुलाई कृषि क्षेत्रमा जोड्नु पर्छ । कृषिलाई घर चलाउन गुजाराको रुपमा मात्र नलिई व्यवसायिक रुपमा विकास गर्दै लैजानुको विकल्प छैन । कोरोनालाई कहरको रुपमा नलिई अबसरको रुपमा लिउँ । कृषि र कृषिजन्य उत्पादनतर्फ जोड दिदै जे गर्नु छ आफ्नै देशको माटोमा पसिना बागाउनु पर्छ भन्ने सोच राखौं, महनत गरौं । आफ्नो जिबनशैली परिवर्तन गर्दै समग्र रास्ट्रको बिकास र कृषि उत्पादनमा आत्मनिर्भर हुँदै देशलाई समृद्धको बाटो तिर लिन लागौ । गरे के हुन्न र ?