२०७७ कार्तिक ११, मंगलवार

आज थपिए १६ संक्रमित, कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार  प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र सल्यानका थप १६ जनालाई कोरोना संक्रमण देखिएको हो ।

आइतबारसम्म कर्णालीमा जम्मा ६ सय ४१ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

सोमबार (आज) संक्रमण पुष्टि हुजेहरूमा सल्यानका ५ जना, सुर्खेतका १ जना र दैलेखका १० जना रहेका छन् ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर ७ जना घर फर्किसकेका छन् । शुक्रवार द‌ैलेख र सुर्खेतका ७ जना कोरोनालाई परास्त गरि प्रदेश अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिकाका ३५ वर्षिय पुरुष र डोल्पाको जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

कर्णालीका १० जिल्लामध्ये ९ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । अब कर्णालीमा कोरोना संक्रमण पुग्न रूकुमपश्चिम मात्रै बाँकी रहेको छ ।