२०७७ मंसिर १०, बुधबार

साउँखोलामा तीज प्रतियोगिता

images (1)सुर्खेत, भदौ १८ ।
डाँडाखाली गाविस वडा नं. ८ साउँखोलामा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा शुक्रबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तीजको अवसरमा आयोजना गरिएको प्रतियोगितामा गीततर्फ चेतना बस्याल प्रथम, संगीता विक र पवित्रा थापा द्वितीय, लक्ष्मी विक र झरना बस्याल तृतीय भएका छन् ।

यस्तै, नृत्यतर्फ संगीता वि.क. प्रथम, दीपा थापा द्वितीय र निशा वि.क. र कविता तृतीय भएका छन् । तीज गीत र नृत्यबाट सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उत्कृष्ट हुनेहरुलाई बाल दिवसको दिन पुरस्कार प्रदान गरिनेछ ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रमेशकुमार सिंहको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तिर्थ सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।