२०७७ कार्तिक १२, बुधबार

एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम सुरु गरिनेःमन्त्री ज्वाला

सुर्खेत, १ असार ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोनाले निम्त्याउने भोकमरीबाट जनता बचाउन सरकारको प्रमुख कर्तब्य भएको बताएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । ‘आधारभूत बस्तुको सहज आयातको व्यवस्था मिलाईनेछ । नीजि, सहकारीसँगको समन्वय गर्दै भण्डारण क्षेत्र बढाइने छ । एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम सुरु गरिने छ । यसकालागि ५५ करोड विनियोजन गरेको छु ।
आफ्नो गाउँ आत्मनिर्भर बनाऔं भन्ने लक्ष्यका साथ यो कार्यक्रम लागु भएको छ । विकास सँगै रोजगारी सिर्जना गरिनेछ ।’ दिर्घरोगी, बालबालिकालगायतलाई उचित राहत उपलब्ध गराईने, उपभोक्ता, श्रमा सहकारी, श्रम कार्यदल, आम नागरिकलाई सहभागि गर्दै खाद्यान्न दिने काममा लगाउने कार्य सुरु गरिने मन्त्री ज्वालाले बताए । यसकालागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको उनको भनाई छ । खाना नाना र छाना कार्यक्रमका लागि २० करोड विनियोजन गरेको छु । मेसिन उपकरणको उपयोग नगरी मानव श्रमको प्रयोग गर्ने योजना छ ।