२०७७ कार्तिक ८, शनिबार

रुकुम घटना पीडितलाई प्रदेश सरकारको एक लाख राहत, दुर्घटनामा परेकालाई हवाइ वा स्थलमार्गबाट उद्धार गरिने

सुर्खेत, २ असार ।
कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक बजेटमा कर्णालीमा अत्यन्तै जोखिम रहेको सडक दुर्घटनालाई विशेष रुपमा सम्वोधन गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् । मंगलबार बजेटबारे पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना भएको खण्डमा घाईतेहरुलाई हवाई मार्गबाट वा सडकमार्गबाट भएपनि उद्धार गर्ने बजेट ल्याएको बताए । ‘कर्णालीमा सडक दुर्घटनामा पर्ने नागरिकको उद्धारकालागि आवश्यक बजेटको व्यवस्था गरेका छौं ।’

उनले भने, ‘सडक दुर्घटना न्यूनिकरणकालागि पनि बजेट विनियोजन गरेका छौं ।’ मन्त्री ज्वालाले जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा परि ज्यान गुमाएका जाजरकोटका ६ जना मृतकका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय सरकारले गरेको बताए । ‘उहाँहरुको परिवारलाई राहत दिन हामीले मन्त्री परिषदको बैठकमा सो निर्णय गरेका छौं ।’ उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हम पट्टी गर्ने हाम्रो अपेक्षा छ ।’