२०७७ कार्तिक ७, शुक्रबार

कोभिड–१९, सामाजीक भ्रमात्मक धारणाहरु र यथार्तता

उदयबहादुर बि.सी. : सन २०१९ डिसेम्बर महिनाको अन्ततिर र २०२० को शुरुवाती संगसंगै चीनको हुवान प्रँन्तबाट सुरुभई हाल विश्भर फैलिएको भाईरल रुघाखाकीको सर्ब परिचित नाम हो कोरोना भाईरस रोग(कोभिड–१९)। छोटो समयमा ब्यापकरुपमा एक देशबाट अर्को देशमा यसको संक्रमण फैलिएका कारण हुनसक्ने मानविय स्वास्थ्यको क्षतिलाई मध्येनजर गरि विश्व स्वास्थ्य संगठन ले ३०, जनवरी २०२० मा यस लाई जनस्वास्थ्यको आपतकालीन अवस्थाको घोषणा गरेको थियो । तथापी कारोना भाईरस रोगको प्रशारण विश्वभर दु्रत गतिमा फैलिएका कारण पुनः कोभिड १९ लाई विश्वब्यापी माहामारी ११ मार्च २०२० मा घोषणा गरे संगै यसलाई जन स्वास्थ्यको अन्तराट्रिय आपतकालको रुपमा पुरै विश्वले यस माहामारीका बिरुद्ध एकजुट भै हाल सम्म रोगको रोकथाम, प्रतिकार्य र नियन्त्रणका साथै उपचार र ब्यबस्थापनमा ठुलो धनरासी खर्च गर्नुका साथै यसका बिरुद्ध दिनरात लागीरहेको अवस्था छ ।

नेपाल सरकारले पनि आफ्नो देशमा यस रोगको प्रशारण हुन नदिई कोभीड १९ को संक्रमणबाट आफ्ना देशका नागरिकको स्वास्थ्य अवस्थालाई जोगाई राख्न संयूक्त राष्ट्रसंघको एक सदस्य राष्ट्रका हैसियले विश्व स्वास्थ्य संगठन को समन्वयमा रही बन्दाबन्दी का साथै रोकथाम र नियन्त्रण हरेक उपायहरु अवलम्बन गर्दै आएको पनि यथार्त हो । बिकासोन्मुख देश, योग्य जनशक्ति को अभाव, देशभित्र औषधीजन्य सामाग्रीको उत्पादन नहुनु र राजनितिक प्रतिबद्धताको केही अभावका बाबजुत मात्र नभएर गरिबि र बेरोजगारीका कारण हाम्रा दाजुभाई तथा दिदि बहिनिहरु लाखौंको संख्यामा देश बाहिर जानुपर्ने बाध्यता छ। यसरी देश बाहिर जानेको ठुलो संख्या छिमेकी देश भारतमा रहेको छ। विश्व भरिकै कोरोनाको संक्रमित हाल सम्मको संख्या हेर्ने हो भने लगभग ७५ लाख भन्दा बढि संक्रमित भै सकेका छन भने चार लाख भन्दा बढि मानीसको मृत्यू भएको छ, दक्षिण एसियामा भारतमा मात्र संक्रमितको संख्या ३ लाखको नजिक पुगेको छ भने ८५०० मन्दा बढिको मृत्यू भैसकेको अवस्था हो । यो हाम्रा लागी(नेपाल र भारत) भयानक माहामारीको संक्रमण हुनु हो। अर्को कुरा भारत नेपालको खुला सिमानाका कारण नेपाली नागरिक भारत तथा भारतिय नागरिक नेपालमा निर्वाधरुपमा काम,र रोजगारीमात्र नभएर सबैखालका ब्याबसायहरु संचालन सदियौ देखि गरिदै आएका पनि छन ।

यसै विचमा हाम्रो नेपाल भित्र त्यश्रो मुलुक र छिमेकी भारतमा दैनिक ज्यालादारीका साथै आफ्नो रोजीरोटीका लागी त्यहां गएका दाजुभाई तथा दिदि बहिनिहरु कोरोना नियन्त्रणका लागी गरिएको बन्दाबन्दीको चपेटामा परि रोजगार गुमाउदा होस यात महिनौ दिन सम्म बेसाहारा बन्दै आफ्नो आफन्त र जन्मघरलाई सम्झेर छिमेकी भारतको केही खुकुलो बन्दाबन्दीबाट देशको सिमाना हुदै घर फर्कदै गर्दा नेपालमा पनि संक्रमण दर बढ्नुका साथै यो रोगको स्थानीय संक्रमण समेत बढेको अवस्था छ । आज सम्मको (मिति २०७७÷२÷३०) तथ्यांक हेर्ने हो भने ५०६२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १६ जना नागरिकको मृत्यू भैसकेको छ साथै सयौंको संख्यामा स्थानिय संक्रमण समेत पुष्टि भएको छ । जुन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको योजना र बिपदको पुर्वानुमान भन्दा बाहीर हुनु अस्वभाविक होईन । अझै पनि यसबाट हाम्रो समाजमा हुन सक्ने क्षतिलाई समेत सजिलै आंकलन गर्न सकिने अवस्था छैन ।
कर्णाली प्रदेशमा कोरोनाको स्थिति, समस्या,चुनौती र सम्भावना के छ त ?

सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिएका कर्णालीका हामी बासिन्दा यूगौ देखि रोग,भोग र समस्याहरु संग जुज्धै नेपालको एउटा बिकट तर छुट्टै प्रदेश सरकार स्थापना गर्न सम्म सकेका त छौं । तर हामी संग भएको बलियो आधार भनेको यस क्ष्ोत्रमा रहेका प्रयटकिय सम्भावना, जलबिधुतको बिकास, औषधी जन्य जनडिबुटिको उत्पादन र यसको प्रसोधन, प्रकृति अनुसारका खाधान्न र फलफुलका साथै यस क्ष्ोत्रमा उत्पादन शिल जनशक्तिलाई भरपुर उपयोग गर्न नसक्नु यहांका कमजोरीहरु हुन । यही कारणले कर्णालीका दाजु भाईहरु आफ्नो शरिर र नङ्गा्र खियाएर बिदेश वा भारतबाट नेपाल आउदा बाध्यताले सरुवारोगहरु समेत बोकेर आउदछन । एउटा आर्थिक सामाजीक बिपन्नताले नेपालमा बिगतमा भएका ठुला ठुला माहामारीको चपेटामा परेको हाम्रो प्यारो जन्मभुमी आज कोरोनाको कहरमा नजानी नजानी भासीन पुगेको छ । कर्णाली प्रदेशमा ढिलो गरि कोरोनाको संक्रमण पुष्टि भए पनि हिजो आज हरेक दिन सयौको संख्यामा नयां रोगीहरु थपिदै जांदा ८३० जनामा संक्रमण पुष्टि भएको छ भने ३ जना होनहार नागरिकको यसैको संक्रमणबाट मृत्यू भै सकेको छ।

यसरी बढदै गएको जोखिमलाई न्यूनिकरण गर्नको लागी यस कर्णाली प्रदेशमा रहेका राजनितिक दल,सरकारी पक्ष,नागरिक समाज र बुद्धिजिबिहरुले आ–आफ्नो क्षेत्रबाट नेपालको सच्चा नागरिक हैसियतले यहांको क्षमता(आर्थिक श्रोत, जनशक्ति परिचालन) लाई ठिक ठिक ढंगले उचित निर्णय लिई स्थानिय श्रोत, साधन र उत्पादनको उच्चतम प्रयोग गरि तत्कालीन र दिर्घकालीन योजना बनाई कोरोनाको बिरुद्ध लाग्न जरुरी छ ।

यसरी विश्व समूदाय एकातिर र कोरोनाको कहर अर्कोतीर भएको यो भयाबह अवस्थामा हाम्रो जस्तो बिकासोन्मुख देश अनि हामीले चलनमा ल्याएको परम्परा भनौ यात मनोगत बिचारको उपजको रुपमा केही बिद्धमान सामाजीक भ्रमह ले समेत कोभिड १९ को ब्यबस्थापन तथा नियन्त्रणमा धेरै वा थोरै चुनौती तथा समस्याहरु अवस्य पनि पारिरहेको छ । यस मानेमा पंक्तिकारले भन्न खोजेको के हो भने हाम्रो अगाडी जनस्वास्थ्य प्रणाली मा चुस्तताको अभाव, राजनितिक प्रतिबद्धताको कमि त छदै छ भने अर्कोतिर समूदाय स्तरमा पनि केही भ्रमहरुले समेत स्वास्थ्य प्रणाली र यसको उचित ब्यबस्थापनका साथै यसको सहज समाधानमा नकरात्मक भुमीका खेलि रहेको हुन्छ भन्ने हो। त्यसैले कोरोनाको ब्यबस्थापनमा सामाजीक भुमीकालाई समेत नजरअन्दाज गर्न मिल्दैन यसको पनि समयमै सहि ब्यबस्थापन गर्न जरुरी छ।

के हुन त मानीसमा हुने समाजीक भ्रमहरु?

मानीसहरुमा धेरै प्रकारका भ्रमहरु हुन्छन । भ्रम एउाटा यस्तो चिज हो, जसको बारेमा मानीसले स्वयं पहिले नै थाहा पाएको वा जानकारीमा रहेको हुन्छ, त्यस्तो कुरालाई अर्को नयां जानकारीमा नभएको चिज संग तुलना गरि सोही अनुसारको ब्याख्या गरिहेको हुन्छ । अर्थात यसमा मानीसहरुले दुनियांको बारेमा आफुसंग भएको पुर्ववत धारणालाई नयां चिज वा बस्तुमा उही र उस्तै भएको तुलान गरि आफ्नो धारणा तय गरेका हुन्छन। यो एक प्रकारको मानिसमा हुने अनुभती प्रकृया पनि हो। यसरी भएको अनुभुती वा बुझाई वाट ब्यक्तिगत बुझाई मार्फत सामाजीक धारणाहरु बनेका हुन्छन । यसरी बनेका पुर्वधारणाहरु उत्तेजक,बिरोधाभाष,अस्पस्ट छन भने तिनिहरुले समाजमा नकारात्म भ्रमहरु फैलाईरहेका हुन्छन । यस्ता भ्रमहरुलाई संज्ञानात्कक भ्रम भनिन्छ । उदाहरणका लागी सामाजीक अपहेलना, छुवाछुत, बहिस्कार, संका–उपसंका र चिन्ता आदी ।
शाब्दीक भ्रमहरु पनि मानीसमा हुने एक अर्को भ्रमको रुप मानिन्छ। शाब्दीकरुपमा गरिने बिष्लेषणको अर्को उपजको रुपमा यसलाई ब्याख्या गर्न सकिन्छ। यसको सकरात्मक अर्थ लगाउदा खासै भ्रमको रुपमा ब्याख्या गर्न सकिदैन तथापी द्धैध अर्थ लागेको वा लगाईएको अवस्थामा यसले नकरात्मक असरहरुलाई बढावा दिईएको खण्डमा, हाम्रो जस्तो समाजमा बिकृतीहरु पैदा गर्दिन सक्छ। र मानीसमा केही भौतीक भ्रमहरु पनि हुन्छन जसले जहां कुनै चिज वा बस्तुलाई हेर्ने तरिका फरक हुन सक्छ वा हाम्रो आखाले देखेको बस्तुको ब्याख्या दिमागले फरक तरिकाले गरेको हुन्छ । यस्ता भ्रम वा ब्याख्याका कारण मानीसमा रहेको ज्ञान,धारणा र ब्यबहार मा समेत फरक पर्नगई समाजमा नकरात्मक असरहरु स्थापित गर्न सक्छन।

समाजमा हुने यस्ता भ्रमहरुले एउटा सजिलो कामलाई निकै कठिन वनाईदिन सक्दछ । जसको कारणले सामाजीक वातावरणलाई पछाडी पार्नुका साथै ब्यक्ति, समूदायलाई समेत मानसिक रुपमा भ्रमयूक्त धारणाहरुको बिकास गराई दिन सक्दछ । उल्ल्ोखित बिभिन्न खालका भ्रमहरु बाट बनेका केही सामाजीक धारणाहरु निम्नानुसार छन ।

१ कोभिड–१९ मानव निर्मित वा चिनले बनाएको भाईरस हो ।
२ अव मानव जातीको प्रलय हुदैछ रे !
३ यो अन्तराष्ट्रिय राजनिति हो वा ठुला देशले तर्साएर ब्यापार गर्न खोजेको हो ।
४ हाम्रो गांउ समाजमा नयां वा नचिनेका मान्छे आए अव बर्बाद हुने भो ।
५ स्वास्थ्य कर्मि, चिकित्सक र शुरक्षा कर्मिले लापरबाही गर्छन अव यीनकै डर छ ।
६) हाम्रो सरकार खत्तम छ केही गर्न सकेन ।
७) यो बाटोमा कसैलाई हिडन दिनुहुदैन ।
८) रक्सी खायो भने कोरोना लाग्दैन ।
९) हामीलाई केही हुदैन हाम्रा देउ दउेताले बचाउछन ।
१०) जडिबुटि खायो भने सन्चो हुन्छ रे ।
११) ढोगभेट गरयो भने सर्छ रे ।
१२) हाम्रो आफन्तमा त्यस्तो हुनै सक्दैन।
१३) दु्रत निदान बिधि को विस्वास नै छैन
१४) मेरो त आर.डि.टि. गरेको हो वा पि.सि.आर. गरेको हो अव मलाई केही पनि हुदैन । यस्तै आदी

यस प्रकारका धारणाहरुवाट बनेको हाम्रो सोचाईहरु नै सामाजीक भ्रमका उदाहरणहरु हुन । यसले हामी कसैलाई कहि कतै फाईदा त गर्ला तर समाजमा धेरै जसो यसले नकारात्मक धारणाको स्थापीत गराई समग्र जनस्वास्थ्य प्रणाली लाई ठुलो असर पार्न सक्छ । जस्तो आरडीटी को कुनै विस्वास नै छैन ू भन्ने भ्रमले विश्व बैज्ञानीक समाजलाई नै सोच्न बाध्य एकातिर बनाएको छ भने अर्कोतिर सरकारी विस्वनियता माथी समेत ठुलो ठेस पुगेको छ। र यसको बैज्ञानीक समिक्षा आउदा दिनमा हुनु पनिपर्छ ।

त्यसैले, सामाजीक भ्रमहरुबाट नकरात्मक भावनाहरु पैदा हुनुका साथै यसले सामाजीक एकतालाई समेत अबरोध गर्न सक्दछ । जसले कोरोना रोगको ब्यबस्थापनमा बाधा पुरयाई यसको नकरात्मक पक्षलाई बढावा दिंदा रोगको प्रशारण छिटो भएर स्थीति भयाबह हुनगई र जनधनको क्षती हुन सक्छ । यस्तै यावत कुराहरुले कोरोना माहामारीको उचित ब्यबस्थापनका साथै ब्यक्ति,समाज र देशको समस्यालाई बढावा दिदा समग्र मानव समूदायलाई नराम्रो असर पर्न सक्छ।

कोरोना भाईरस रोगबाट बच्न गर्नुपर्ने कुरा (यथार्तता)

नेपाल एक संयूक्त राष्ट्रसंघको सदस्य भएको नाताले विश्व स्वास्थ्य संगठन ले रुलिङ गरेका हरेक निर्देशनहरुको पालना गर्नु उपयूक्त र बैज्ञानिक हुन्छ। नेपाल सरकारले हाम्रो समाजको मान्यता र परम्परा संग समन्वय गरि सरल र बैज्ञानीक तरिकाले कोरोनाको कहरलाई देश र समाजको माटो पानी सुहाउने गरि ब्यबस्थापन गर्नु पर्दछ । यसलाई हामी(ब्यक्ति) र समाजले सहयोगी भै हातमालो गर्नैपर्ने हुन्छ।
कोरोना भाईरस (कोभड–१९) को रोकथाम तथा ब्यबस्थापनका लागी नेपाल सरकार र यसका आधिकारिक निकायबाट जारी गरिएका स्वास्थ्य संदेश अनुसार निम्न कुराहरु अनिवार्य रुपमा पालना गर्नै पर्छ जुन यस प्रकार छन।
क) ब्यक्तिगत सुरक्षा तथा सरसफाई दैनिक ब्यक्तिगत सरसफाईका साथ साथै शरिरको ढाक्ने कपडा,चस्मा, मास्क आदिको उचित प्रयोग गर्ने ।
ख) दुरी कायम गरि बस्ने यसमा सामाजीक वा भौतिक दुबै दुरीहरुलाई पालना गर्नुपर्ने हुन्छ। यसमा कम्तीमा पनि ३फिटको दुरी (सामान्यतया २ मिटर सम्म) अनिवार्य कायम गरि बस्नु पर्ने हुन्छ ।
ग) शारिरिक ब्यायाम तथा नियमित आराम मानिसले शारिर आवस्यकता अनुसारको ब्यायाम(दिनमा आधा घण्टाभन्दा बढि वा निथु्रक पसिना आउने गरि) तथा निद्रा र आराम (६ देखि ८ घण्टा)को खांचो हुने भएकाले सोही अनुसार नियमित आराम र ब्यायाम गर्नु पर्दछ ।
घ) संतुलित आहार हामीले नियमित खानामा शरिलाई आवस्यक पर्ने शक्ति दिने, बृद्धि बिकास गर्ने र शरिर रक्षा गर्ने खानेकुरा मिलाएर खाएमा सामान्यतया रोगको आक्रमण बाट बच्न सकिन्छ। जस्तै दिनमा कम्तीमा ४ पटक घरमा उपल्ब्ध खानालाई मिलाएर खाने(दाल,रोटि,भात,तरकारी,सागपात, अण्डा,माछामासु र फलफुल)
ङ) एकान्त बस्ने यदि हामी कसैलाई पनि रुघाखोकी वा स्वासप्रश्वास सम्बन्धी समस्या भएमा र शरिरको तापक्रम(ज्वरो) १००.४ डिग्रिसेन्टीग्रेड) बढेमा आफुलाई आईसोलेट गरि बसेमा रोग अरुलाई सर्दैन र यदि त्यो कोरोना भए पनि बांकी परिवार वा समाजमा रोगको प्रशारण हुन बाट बच्न सकिन्छ ।