२०७७ कार्तिक १५, शनिबार

कर्णालीमा थपिए २६ जना कोरोना संक्रमित

८ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्ऽको प्रयोगशालमा भएको परीक्षणबाट सोमबार २६ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका १८, सल्यानका ४, दैलेख २ जना र हुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

सर्खेतका संक्रमितहरु भेरीगंगा नगरपालिकाका ११ जना पुरुष, वीरेन्द्रनगर नगरपालिका ५ महिला र  बराहताल गाउँपालिकाका २ जना पुरुष रहेका छन् ।

सल्यानका चारैजना पुरुष हुन् । उनीहरु सबै बनगाड कुपिन्डे नगरपालिकाका हुन् । यस्तै दैलेखका एक महिला र दुई पुरुष नारायणनगरपालिकाका हुन् ।

एकजना संक्रमितको भने महिला या पुरुष भन्ने खुलेको छैन । तर उनको हुम्लाको ताजाकोट गाउँपालिका-६ ठेगाना रहेको र उमेर २५ वर्ष उल्लेख गरिएको छ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १२८२ पुगेको छ ।

कर्णालीमा सोमबार थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । रुकुम पश्चिमको चौरजहारी अस्पतालको आसोलेसनबाट सल्यानका ९ जना पुरुष, सुर्खेतको सालकोट आसोलेसनबाट एक महिलासहित ६ जना, मेहेलकुना अस्पतालको आसोलेसनबाट दुईजना पुरुष र ३ जना महिला गरी २० जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५५१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।