२०७७ मंसिर १०, बुधबार

चुनाव र संविधान कार्यन्वयन यो सरकारको प्रमूख प्राथमिकता : वस्नेत

oooooकामाण्डौँ, भदौ १८। पुर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्र ६ नं प्रदेशका ईन्चार्ज शक्तिवहादुर वस्नेतले यो सरकारको प्रथमिकता चनाव गराउनु र संविधान कार्यन्वन गर्नु रहेको वताउनुभएको छ ।

जाजरकोट कालेगाउँमा उहाँकै घर नजिकै रहेको शिवव्यवसायिक मावि कालेगाउँमा उहाँलाई सम्मान गर्ने कार्यक्रममा वोल्दै वस्नेतले यस्तो वताउनुभएको हो । उहाँले संविधान कार्यन्वयन र चुनाव गर्न नसके देश संकटमा पर्ने उहाँको दावी छ । संविधानको कार्यन्वयनले मात्र नयाँ अवसर, नयाँ सम्भावना अनि विकास गर्न सकिने वस्नेतको दावी छ ।

जिल्लाको विकास निर्माणका लागी सवै दलहरु एक जुट भएर विकासमा अनुशासन हुनुपर्नेमा जोड दिनुभयो । वर्षेनी केन्द्रवाट पठाएको वजेट काम गर्न नसकेर फर्कने गरेको कुरा प्रति दुख व्यक्त गदै जिल्लाको वजेटले खासै देखिने काम केही नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
अवको आवश्यकता भनेको गुणस्तरिय शिक्षा र सर्व सुलभ सवैको पहुँचमा शिक्षा पाउने वातावरण भएमा मात्र हामी सफल हुँने वस्नेतको दावी छ । अहिले यूवाहरु विश्ववजारमा विक्री भएको देख्दा आफु दुखी भएको वताउनुभयो । त्यस्तै नलसिंहगाड जलविद्युत आयोजनालाई राष्टिय गौरवको आयोजनामा समावेश गर्न आफुले पहल जारी राखेको वस्नेतले वताउनुभयो ।