२०७७ कार्तिक ११, मंगलवार

कर्णालीमा संक्रमितको संख्या १३ सय नाघ्यो, ५६० जनाले कोरोना जिते

कर्णालीमा मंगलबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २५ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत गरिएको परीक्षणमा सुर्खेत जिल्लाका ५ जना, स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेख जिल्लाका १९ जना र कालिकोट जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । कर्णालीका योसँगै कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।

त्यस्तै, सुर्खेतको लेकबेसी नगरपालिका आइसोलेसनबाट ६ जना (५ जना पुरुष, १ जना महिला) र जाजरकोटको बारेकोट गाउँपालिकाको आइसोलेसनमा रहेका ३ जना (२ जना र १ महिला) गरी ९ जनाले कोरोना संक्रमण जितेको डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ५६० पुगेको छ ।

डा. तिवारीका अनुसार कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित १ जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ४५ वर्षीया पुरुष सोमबार राति ९:३० बजे मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारणले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।