२०७७ कार्तिक ११, मंगलवार

जुम्लामा धान खेती, समस्या र समाधानका उपायहरू

प्रज्वल रेग्मी :
जुम्ला कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला हो । अनुपम प्राकृतिक सुन्दरताले भरिपूर्ण,उच्च पर्यटकिय सम्भावना बोकेको र छुट्टै सभ्यता बोकेको ठाँउ हो । नेपाली भाषाको उद्गम स्थल पनि हो । चिसो सम्सितोषण हावा पानी पाइन्छ । मौसम अनरुप विभिन्न खेतिपाती अवलम्बन गर्दै यहाँका मानिसहरु जिबिकोपार्जन गर्छन् । यहाँ मानिस हरुको प्रमुख पेशा कृषि (भेडा बाख्रा पालन , जडिबुटी सङ्कलन ) नै हो ।
परम्परागतकाल देखिका सिमित चिसो सहन सक्ने बाली लगाउदै तिनको सङरक्षण गर्दै आइरहेका छ्न ।अन्न वालिमा जौ ,फापर र धान लगाइन्छ ।कुल क्षेत्रफलको करिव १० देखि १५रोपनी मा धान खेती गरिन्छ ।जुम्ली मार्सी निकै प्रख्यात एक मात्र स्थानिय धानको जात हो । विभिन्न देशका उच्च स्तरिय ब्यक्ति को भेट् मा होस या स्वदेश कै उच्चस्तिय भोज मा यश चामल को भात प्रयोग आउने भएकोले सबै को रुचि को बिसय बन्ने गरेर चर्चा पाइरहेको हुन्छ ।करिव १३ सय बर्ष अघि एक हिन्दु साइन्त चन्दननाथ ले भारत को कसमिर बाट ल्याएको एक अञ्जुली एक जना दिएको र उक्त किसान ले आफ्नो वारि लगाएर हेरेको र त्यति बेला देखि नै बिस्तारै जुम्लाका विभिन्न ठाउ मा फैलिएको त्यहाका बुढापाका को भनाइ छ ।जुम्ली मार्सी ,मार्सी शाब्दिक अर्थ नै चिसो ओसिलो भन्ने बुझिन्छ ।अत्याधिक चिसो सहन सक्ने यो जातको धान बिश्व मै, सबै भन्दा अग्लो ठाँउ जुम्लाको छुमजुलमा (समुन्द्री सतह देखि करिव ३०५० मि.)पनि लगाइन्छ ।जुम्लाको तिला नदि किनार ,छुमजुल , जिउला र सदरमुकाम खलंगा सङ्ग जोडिएका कुलो लाग्ने गाउँ पनि धान खेती गरिन्छ ।नेपाल कृषि अनुसन्धान परिसद ले यश क्षेत्रको अधय्यन अनुसन्धान ग

रि सन् २००२ देखि चन्दननाथ (१ र चन्दननाथ(३ सिफारिस गरेको छ । यिनी सिफारिस गरिएका जातले मार्सी(२.५ देखि ३.५टनरहेक्टर )को भन्दाधेरै उत्पादन करिब ६टनरहेक्टर दिइरहेका छ्न ।
रोपाईमा हुने मनोरञ्जन ,साथीभाइ सङ्गको रमाइलो वा भातको स्रोत नै त्यही भएकोले होला चैत सुरु भएदेखि नै छुट्टै उमंग पैदा हुन सुरु भैसक्छ ।चैत १०गते बीउ भिजाउने र चैत १५गते हिले ब्याड तयार पारी बिउ छर्किने चलन छ ।जौ लगाएको खेत दुई पटक खन जोत गरि पानी को कुलो को बन्दोबस्त गरि जेठ् १५(३० सम्म रोपाइ गरिन्छ ।रोपाइँ मा गाइने रोपाइँ का गित भाका ,बजाइने बाजा , हलि लाई लगाइने बिउको माला ले पनि रोपाइँ ले हाम्रो परम्परागत संस्कृति चालचलन अङगालिरहेको दर्शाउछ ।बीचबिच मा गोडमेल गरि करिव १६०(१८०दिन पछि धान पाकेपछी भित्र्याइन्छ ।ल्ब्च्ऋ ले सिफारिस गरिए का जात भन्दा मार्शी छिटो पाक्छ ।मार्सी धान ले छुट्टै परम्परागत महत्त्व बोकेको छ ,देबि देवता लाई पनि चढाइन्छ ।चामल जाड ,रक्सी ,सेल रोटी मा प्रयोग गरिन्छ ।मार्सिमा धेरै मात्रा मा स्टार्च पाइने भएकोले स्वादिलो हुन्छ ।स्टोर गरेर राखेको २(३ बर्ष पछि प्रयोग गरेमाधेरै स्वादिलो हुने किसान हरु बताउने गर्छन ।

मार्सीमा डढुवा रोगको समस्या ले उत्पादन मा कमि आइरहेको छ ।नेपाल कृषि अनुसन्धान परिसद ले डढुवा प्रतिरोधात्मक ,चिसो सहन सक्ने ,पराल राम्रो भएको र धेरै स्वादिलो प्रजाती हरु चन्दननाथ(१र चन्दननाथ(३ सिफारिस गरेको भएतापनी वास्तविक किसान पाइरहेका हुदैनन् ।भौगोलिक कठिनाइ ले गर्दा सडक र सञ्चार ले जोडन सकिएको छैन ।यी सिफारिस गरिएका लाई पाक्न धेरै समय आवस्यक पर्ने भएकोले हावापानी र मौसम को अध्ययन अनुसन्धान गरि छोटो अवधिका का जात उत्पादन गर्न सम्बन्धित निकाय को बेलै मा ध्यानाकर्षण हुन जरुरी छ । सुर्खेत सदरमुकाम सङ्ग जोडिएको भएता पनि अन्य गाउँहरुमा सडक संजाल बिस्तार नभैसकेको हुनाले उत्पादित बस्तु ले सजिलोसँग बजार पाउन गाह्रो छ ।चिसो तापक्रम भएकोले हुनाले कुहिने बस्तु सदरमुकाम सम्म पुर्यादा सम्म केही हद सम्म खानयोग्री हुन्छ्न।सायद यी सबै सुबिधा प्रयाप्त भएको भए मार्सी को माग धेरै भएर उच्च मुल्य मा बिक्रि हुने थियो ।

गरिब परिवारका युवा बबालबालिका अझै पनि शिक्षा को घेरा भन्दा बाहिर नै छ्न ।गरिबिको कारण युवा शक्ति भारत लगायत अन्य देशमा पलायन भैरहेको छ यश रोक्न जिल्ला स्थित युवा सङ्ग सरोकार राख्ने निकाय ,कृषि का संघसस्था ,जिल्ला का अन्य निकाय र प्रदेश सरकार ले एकआपस मा सहकार्य गर्दै युवा सोरोजगार कार्यक्रम ल्याउनु पर्छ ।यसो गर्दा परम्परागत खेती प्रणाली को र लोपोन्मुख जात को सम्बर्द्धन मा टेवा पुग्न सक्छ ।बीउ संकलन केन्द्र को स्थापना गरि मार्सी लाई जोगाउन सकिन्छ ।केही बर्ष यता जिल्ला कृषि बिकास कार्यालय ले बीउ संकलन र बितरन , उत्पादित बस्तु को संकलन र बजार व्यवस्थापन गर्दै आइरहेको छ ।

काठमाडौंमा मार्सी चामल को मुल्य २२५(२६० प्रती केजि निर्धारण गरिएको छ ।यस्ता हिमाली छेत्र को हावापानी माटाको अध्ययन अनुसन्धान भएको पाइदैन , अध्ययन अनुसन्धान लाई फराकिलो पारी नयाँ नयाँ धानको जात उत्पादन गर्दै वास्तविक किसान समछ पुग्ने व्यवस्था मिलाइ उतपाद्न मा जोड दिएमा गरिबी न्यूनीकरणका साथै खाद्य सङकट घटाउन सकिन्छ ।चामल को आयात गर्ने र जडिबुटी र उन को निर्यात गर्ने जुम्ला लाई चामल मा केही हदसम्म आत्मनिर्भर र चर्चित मार्सिको निर्यात गरेर मनग्ये आम्दानी गर्न सकिन्छ ।धान खेती पुर्ण प्राङगारिक हुन्छ ।प्राङगारिक प्रदेश बनाउने प्रदेश सरकार को नीति लाई आत्मसात गर्दै उत्पादन मा वृद्धि गर्दै प्रदेश लाई नै समृद्दि मा लैजान मदत गर्न सक्छ ।नेपाल सरकार ले ल्याएका कृषि का नीति कार्यक्रम हरु कृषि बिमा,कृषक बिमा, भुमी बैंक र सस्तो ऋृन छिटो कार्यान्वयन मा लयाउनु पर्छ ।प्रदेश सरकार ले पनि बिकास नाम मा बिस्थापन नभइ पुरानो जात र प्रणाली को समब्र्धन गर्दै अगाडि बढनुपर्दछ ।