२०७७ मंसिर १०, बुधबार

कोरोना खर्चमा दुरुपयोग रोक

कोरोनाले जताततै एकप्रकारको सन्त्रास छ । मुख्यगरि कोरोना प्रभावित देशैभरको अवस्थालाई जोडेर हेर्ने हो भने कर्णालीको सुर्खेत र दैलेख बढि प्रभावित छ । दैलेख त एकप्रकारले ईपीसेन्टरकै रुपमा विकाश भैरको छ । कर्णाली प्रदेशको कोरोना ‘इपिसेन्टर’ मानिएको दैलेखमा कोरोना रोकथाम र नियन्त्रणमा अहिलेसम्म करोडौं रकम खर्च भएको छ । जिल्लाका ११ वटा स्थानिय तहमा क्वारेन्टाइन व्यवस्थापनमै उक्त रकम खर्च भएको हो । तर क्वारेन्टाइन भने गुणस्तरीय नभएको स्थानीयहरुको आरोप छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखको तथ्यांकअनुसार जिल्लामा गएको चैत १ गतेदेखि हालसम्म १३ हजार नौ सय ३७ जना भित्रिएका छन् । केहि समयअघि प्रशासनले दैलेखमा भारतबाट करिब ४२ हजार नागरिक जिल्ला भित्रिने अनुमान गरेको थियो । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकअनुसार दैलेखमा हालसम्म जम्मा ७१४ जना कोरोना संक्रमित रहेका छन् ।
प्रदेश सरकारले क्वारेन्टाइन व्यवस्थापनको लागि भनेर जिल्लाका ७ वटा गाउँपालिकामा १५ लाख र ४ वटा नगरपालिकामा २० लाखका दरले उपलब्ध गराएको थियो । सामाजिक विकास मन्त्रालयले आइसोलेसन व्यवस्थापनको लागि भनेर प्रतिपालिका नौ लाखका दरले केहि पालिकामा रकम उपलब्ध गराएको थियो । यसरी हेर्दा दैलेखका ११ वटा स्थानीय तहमा प्रदेश सरकारले करिब २ करोड २५ लाख उपलब्ध गराएको देखिन्छ । यो रकम मात्रै होइन स्थानिय तह आफै र अन्य निकायबाट आएको रकम समेत पारदर्शी हुन जरुरी छ । दैलेख संगै अन्य जिल्लाहरुमा पनि यस्तो रकम दुरुपयोगको सम्भावना बढ्ने देखिन्छ । यो रकम अहिले मात्रै होइन बर्षोपछि पनि खोजविन हुनसक्छ । संकटको यो घडिमा आएको रकम दुरुपयोग होईन कि सहि ढंगले सदुपयोग गर्दै खर्च गर्ने प्रेरणा सबैमा मिलोस् ।