२०७७ श्रावण २५, आईतवार

म देश बदल्छु (कविता)

धिरेन्द्र सापकोटा:

ए भ्रष्टाचारी ज्युहरू,
खानुस् अझै कति घुस खानुछ खानुस् ।
पैलाता देखि टाउको सम्म सुन लगाउनुस् ।
सुन पनि सहङ्गो होला तपाई लाई,
विकास गर्न महङ्गो होला तपाई लाई,
गर्नुस् अझै भ्रष्टाचार गर्नुस् ।

भ्रष्टाचारको पेसा बाटै,
युटुवको ट्रेन्डिङ्ग सम्म पर्नुस् ।

हजुर को परिवारलाई पुर्णिामा को जुन बनाउनुस् ।
जनता लाई आैशि मै धुरून धुरून बनाउनुस् ।

समतामूलक समाजका कुरा,
समृद्ध नेपाल सुखि नेपाली का कुरा ।
युवा हरू बिदेशीदा,
देश चलाउने ६०-७० बर्ष बुढा ।
देवता नौ भनौं कि दानव भनौं,
निर्मला जस्ता वालिकाको बलत्कार गर्छन् ।
हे भगवान् बरू मलाई सुटुक्क भन्नुहोस् न!
न्याय पाउन कुन अदालतले ढोका ढक्ढक्काउने ?

ठुलावढा राष्ट्र को धुकुटि ले उपचार का लागि ,
बारम्बार सिङ्गापुर धाउछन् ।
धरै जसो जनताहरू सिटामल नपाई,
ओछ्यानमा छटपटाउछन् ।

तर कसैले पनि चिन्ता नगर्नुहोस्,
म यहि देश मा कृषिको लागि क्रान्ति चलाउछु।
मेरो सुन्दर बगैंचा मा ,
समृद्ध देश का सपना फलाउछु ।
सम्पुर्ण बिकृति घटाउछु ।
युवा को सट्टा ती खाडी हरूमा,
नेपाल को उत्पादित सामान पठाउछु,
आयत घटाउछु निर्यात बढाउछु ।
हरेक का सपना मरूभूमि को बालुवा मा होइन ,
आमा,बुबा,श्रीमती,छोराछोरी संग सटाउछु ।
आमा,
म र मेरो देश फेरि फस्टाउछु ।

(वीरेन्द्रनगर १ सुर्खेत )