२०७७ कार्तिक १०, सोमबार

जाजरकोटमा लेदो मिसिएको भेलमा पुरिएर एक शिशु बेपत्ता

जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारा गाउँको पाटे खोलामा आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिनाका शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयले उद्दार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाउने तयारी भइरहेको डीएसपी किरोशकुमार श्रेष्ठले बताए ।