२०७७ माघ ७, बुधबार

तिजको शुभकामना

happy teejहिन्दु महिलाहरुको पर्व हो तिज । नेपालमा विशेष तामझामका साथ मनाईने तिजले आपसमा सहिष्ण्ुा सस्कृतिको विकाश गर्न मद्यत गर्छ । खासगरि माईति र घर वा दाजुभाई र दिदिबहिनीहरुका विचमा आपसमा मित्रता र विशेष प्रकारको सम्बन्धको व्याख्या गरेको पाईन्छ ।

यस्ले दाजुभाई दिदीबहिनीहरुको मित्रता अकाट्य भएको देखाउन खोजेको छ । अर्कोतिर स्थानियस्तरमा विभिन्न सास्कृतिक प्रस्तुतिमा आम महिला दिदीवहिनीहरुले आफ्ना बर्षभरिका पिडा व्यथाहरु ओकल्ने र समुदायभरका महिलाहरुका विचमा सुमधुर सम्बन्धको विकाश गर्न मद्यत पुगेको छ ।
तर पछिल्लो समय तिज त्यस्तो छैन । रहेन । तिजले आम नागरिकमा एउटा गलत धारणाको विकास गर्दै गएको देखिन्छ । तिजले आम नागरिकहरुका बुझाईहरुमा नराम्रो छाप परिरहेको देखिन्छ र तिजले सस्कृतिलाई तोडमोड गरेर देखासीकि सस्कृतिको रुपमा आफुलाई उभ्याई रहेको छ । आम सर्वसाधारणहरुले जुन मर्ममा तिजको सस्कृति मनाउने गरिरहेका थिए अहिले त्यो भन्दा फरक छ ।

पैसा उठाएर विभिन्न संस्था क्लव तथा अन्य संस्थानहरुमा नाचगान गर्ने । गर गहना देखाउने तथा प्रतिस्प्रधा गर्ने सस्कृतिको विकास पछिल्लो तिजले गरिरहेको छ । यस्तो अवसथमा एउटा विपन्न नागरिक वरवाट मुकदर्शक भएर हेर्छ र अर्को सम्पन्न देखिने तडकभडक गर्दै हिड्छ ।
नेपालमा विकृत हुन थालेको सस्कृती र तडकभडकलाई कम गर्न सामाजिक सुधार एैनले पनि धेरै कुरा बोलेको छ । राज्यले यस्तो विकृतितिर सस्कृित लैजाने र आम नागरिकलाई विच्छरखलीत बनाउनेलाई कानुनको डण्डा लगाउनै पर्छ । नत्र तिज तिज रहन्न । हाम्रा अन्य मौलिक पर्व मौलिकतामा बाच्न पाउदैनन् ।

राज्य संगै हामि सचेत र सभ्य नागरिकहरुको दायित्व पनि यस्ता पर्वलाई जस्ता छन त्यस्तै हालतमा रहिरहेर अझ संरक्षण र जगेर्नाका लागि लाग्नुपर्छ । हामि वीकृत होइन कि मौलिक र सभ्य तिजको शुभकामना भन्छौ सबैमा ।