२०७७ कार्तिक ११, मंगलवार

कर्णालीमा कोरोना संक्रमितको संख्या १४५८ पुग्यो

सुर्खेत, १७ असार ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ५८ पुगेको छ । प्रदेश सरकारको सामाजिक मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार २५ जनामा कोरोना नयाँ पुष्टि भएको हो । बुधबारमात्रै ६ जना कोरोना संक्रमित सञ्चो भएर घर फर्किएका हुन । अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १०७८ रहेको मन्त्रालयले जनाएको छ ।