२०७७ मंसिर १५, सोमबार

आर्थिक विकासका लागि सहकारीको भुमिका महत्वपुर्ण : अध्यक्ष धिताल

rishi dhamalaभक्तपुर, १९ भदौ । अभिभारा कृषि सहकारी संस्था लिमिटेडको भक्तपुर स्थित मध्यपुरठिमी ७ मा एपेक्स बैंकका अध्यक्ष एवं कांग्रेस नेता विष्णु धिताल र रिपोटर्स क्लवका अध्यक्ष तथा बरिष्ठ पत्रकार ऋषि धमला, सहकारी डिभिजन कार्यालय भक्तपुरका प्रमुख डेकराज पोखरेलले संयुक्तरुपमा कार्यालय उद्घाटन गरेका छन् ।

संस्थाको कार्यालय उद्घाटन तथा साधारण सभाको प्रमुख अतिथी तथा एपेक्स बैंकका अध्यक्ष विष्णु धितालले नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको वताएका छन् ।

धितालले भने, “अहिले ठुला ठुला बैंकले हाउजिङ र व्यवसायमा मात्र हैन साना र समाजमा प्रत्यक्षरुपले आर्थिक विकासकोलागि सहायकसिद्ध हुने माध्याम खोजी गरीरहेको छ, जो सहकारी पनि एक भरपर्दो माध्याम हुन सक्छ ।”

उनले आर्थिक विकास सानै क्षेत्रवाट सुरु हुने भएकाले अभिभारा कृषि सहकारीले पनि आफ्नो क्षेत्रमा कृषि र अर्थलाई जोडेर विकासको सुरुवाद गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी सहकारी डिभिजन कार्यालय भक्तपुरका प्रमुख डेकराज पोखरेलले शुभकामना मन्तब्य दिदै भक्तपुरमा अन्यको तुलनामा सहकारी क्षेत्रको विकृति न्युन राख्न प्रयत्न जारीरहेको बताउदै भक्तपुरमा रहेका ६८१ सहकारी मध्ये यस सहकारीले नविन र आशा लाग्दो कामको थालनी गर्ने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

रिपोटर्स क्लवका अध्यक्ष तथा बरिष्ठ पत्रकार ऋषि धमलाले संचार माध्यमले जहिले पनि समाज परिवर्तन र विकासको पक्षमा लडेको इतिहास साक्षि रहेको बताउदै, २०१३ साल देखी सुरु भएको सहकारी अभियान अहिले आएर ब्यापक हुदै आएको बताए ।

धमलाले सहकारी खोल्नु मात्रै ठुलो कुरा नभएकोले जनताको हितमा विशेष गरी कृषि सहकारी, युवा रोजगारी र उत्पादनमुखी क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।

यसै गरी अर्का विशिष्ठ अतिथी मध्यपुरठिमी नगरपालिकाका पुर्व मेयर मदन कृष्ण श्रेष्ठले सहकारी मार्फत उन्नत जीवन सहितको सवल समाज निर्माण आवश्यक रहेको अवस्थामा, यस सहकारी संस्थाले विभिन्न उध्येश्य राखी सर्व साधारणमा कृषिमुलक, उत्पादनमुलक, स्वरोजगारमुखी, उद्यमशिलता विकास गर्ने कार्य गर्न आफ्नो सक्दो सहयोग रहने बताउनु भयो ।

सो समारोहका सभापति तथा अभिभारा कृषि सहकारीका अध्यक्ष नारायण गिरीले २०७२ चैत्र २९ गते स्थापना भएको उक्त सहकारी संस्थाले मध्यपुरठिमी भक्तपुरमा आफ्नो कार्य क्षेत्र बनाएको र हाल सम्म उत्पादनमुलक, स्वरोजगारमुखी कार्यको लागि कृषि फर्म, कुखुरा पालन लगायत कार्यको लागि समुह मार्फत कामको सुरु गरी सकेको बताउनु भयो ।

यसै अर्थिक बर्षमा विभिन्न निकायको सहकार्यमा १०० जना युवालाई कृषि क्षेत्रमा रोजगारी दिलाउने गरी योजना बनेको जानकारी दिनु भयो । तिजको अवसरमा विशेष महिला बचत खाताको पनि सुवाद गरिएको उक्त कार्यक्रमको संचालन रमेश अधिकारीले गर्नु भएको थियो ।