राष्ट्रवाद
भूगाेलमा त हामी नेपाली हाम्राे देश नेपाल भनेर रटिरहन नपर्ला।यस्ताे भावना विश्वका सवै देशका नागरिकमा आफ्नाे देशप्रति हुन्छ।हामी प्रत्येक नेपालीकाे भावनामा पनि”जननीजन्मभूमिश्च:स्वर्गादपि गरियसि”जस्तै देेशप्रेम छ ।देशप्रति करुणा,माया,देशभक्ति र राष्ट्राेत्थानकाे गहन चाहना सवै नेपालीहरुमा वरावर अँककाे हुन्छ।यदि उ सहि देशभक्त हाे भने।सत्ता र शक्तिमा बस्नेकाे धेरै र भरिया,कुल्ली,किसान,मजदुर,हुँदा खानेहरुकाे कम हुन्छ वा घरकाे चुलाे वाल्न विदेशीन वाध्य युवाहरुमा झन कम त पक्कै हुन्न हाेला।सवैभन्दा देशकाे माया बढी उनीहरुलाईनै हुन्छ।
आमाकाे माया सवै सन्तानप्रति र सवै सन्तानकाे माया आमाप्रति सधैँ वरावर र एकनासकाे हुन्छ।स्वदेशकाे मायाले विदेशमा कत्तिकाे पिराेल्छ त्याे त विदेशीन वाध्य हुनेहरुलाई साेध्दा हुन्छ।
कुरा”राष्ट्रवाद”काे हाे।भूगाेलकाे राष्ट्रवाद त सवैलाई थाहा हाेला तर जनजीविकाकाे राष्ट्रवाद कहाँ हराएकाे छ ?राज्यबाट जनताले पाउनु पर्ने न्यूनतम सुविधाहरु,राेजगारहरु र आफ्नाे देशमा गरिखाने राष्ट्रवाद अहिलेसम्म कहाँ छ। भारतका सवै काेठी,गल्ली,महल ,सरकारी र नीजि तथा वैदेशक राेजगारमा जाने र रेमिटेन्श तिर्नेअनि गन्तव्यहिन भविष्य बाेकेर स्वदेश फर्किने युवाहरुकाे राष्ट्रवाद कहाँ छ मलाई साेध्न मन लाग्छ ?आफै अनुत्तरित हुन्छु।राष्ट्रवाद कुन नेतामा,कुन पार्टीमा-पार्टीका उच्च पदासीनहरु वा उनीहरुका ामतियारहरुकाे मात्र राष्ट्रवाद। खै कहाँ छ जनताकाे राष्ट्रवाद?गणतन्त्र नेपालमा जनतालाई दिईएकाे स्थान कुन हाे?किसान,मजदूर,भरिया,गरिखाने,
विदेशका अँधेरा गल्ली र छिंडिमा भाैंतारिने,कारगील,कुनाहिल,लद्
सवाल सहज जनजीविकाका लागि हाे।वि.पि.काे राष्ट्रवादमा जनताकाे जनजीविकाकाे राम्राे मार्ग दर्शन देखिन्थ्याे कि “जनताकाे सानाे घर हाेओस् दुहुनाे गाई हाेस थाेरै भएपनि जमिन हाेस्।यस्ताे राम्राे जनताकाे राष्ट्रवादी कार्यक्रम किन लागू हुँदैन वा भएन।खै भूमिहिनलाई घरजग्गा?दिएपनि आफ्नै कार्यकर्तालाई आफ्नैलाई पहुँचवालालाई।अवसरका सवैक्षेत्रमा यस्तै छ जागिर, ठेक्का,छात्रवृत्ति ,विदेश,स्वदेश N.G.O./I.N.G.O.व्यापार,लुट,भ्
त्यस्तै सर्वहारावर्गकाे दुहाई दिएर सत्ताकाे शिखर चुम्नेहरुकाे पनि हालत उहीँ भैदियाे।राजनीति गर्दा जनताकाे घरमा सिस्नाे-ढिडाे खाएकाे नेता आज कराेडाैंकाे चिल्लाे कार र अरवाैकाे विल्डिङधारी बन्याे।भूमिगत वा खुल्ला अवस्थामा खाएका कसमहरुकाे हत्या गरियाे,जनतालाई भुलियाे ,आफ्नाे धरातल सपना भयाे,विपना त कमाउन, बन्न र बनाउनतिर लाग्याे पालाे वा माैका यहि हाे। यस्ताे नगरि पनि त सुख छैन किनकि अर्काे चुनावकाे लागि पैसा त जाेहाे गर्नै पर्याे,अब जनता चन्दा पनि त दिदैनन्।भाेट किन्नै पर्छ।अर्काे पार्टीले भन्दा वढि नवाँडे चुनाव हारिन्छ। नेपालकाे अस्थित्व अब नवनिर्माणमा देखिन्छ।स्वावलम्वनमा भर पर्छ,स्वाधिनतामा वाँच्छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ।सवै विदेशियका युवाशक्तिलाई देशमा स्वावलम्वनकाे बाटाेमा नलगाई सुखै छैन।कतिदिन उनीहरुकाे रेमिटेन्शले देश चल्छ?विश्वमा फरक अवस्थामा फरक परिस्थिति आउँछ।सँधै वैदेशिक राेजगार पाईने वाला छैन।
जङ्ग बहादुरकाे राष्ट्रवाद व्रिटिश काल(शासक) सुहाउँदाे रह्याे र गुमेकाेभू-भाग फिर्ता भयाे,राजा महेन्द्रकाे राष्ट्रवाद देश वचाउ वा सुरक्षातर्फ गएकाे देखिन्छ,Retaired Armiesहरुलाई सिमा नजिक राखियाे तर कालापानीकाे विषय उठान भयन वि.पि.काे समय छाेटाे भयाे। नेपालकाे राजनीति सधै अस्थिर रह्याे,भारतकाे आशीर्वाद नलिई सत्तामा नपुगिने भयाे चाहे त्याे राणाविराेधि प्रजातान्त्रिकआन्दाेलन हाेस्,वा पंचायतविराेधि वहुदलवादी आन्दाेलन र अन्तमा राजतन्त्रविराेधि गणतान्त्रिक आन्दाेलन वा कुर्चिका् लागि खुट्टातानातान गर्न सवै परिवर्तनमा प्रत्यक्ष वा पराेक्षरुपमा भारतकाे सहयाेग,संरक्षण,सल्लाह रआशिर्वाद उसैकाे अनुकुलमा अहम रह्याे र हाभि भएकाे छर्लङ्ग छ।नेपालका राजनेताहरुले माैकाकाे सदुपयाेग गर्न सकेनन।स्पष्टरुपमा आफ्नाे अडान सिमा वा आफ्नाे भू-भाग सम्वन्धि राख्न सकेनन्।सत्ता र शक्तिका लागि उसैकाे आशिर्वादवाट प्राप्त हुनथाल्याे।भाैगाेलिक राष्ट्रवाद गाैण भयाे।असमान सन्धि पनिअनिक्षामै वाध्य भयर गरिदै गईयाे।नेपालका नेतृत्वपङ्क्तिले समस्या परेमात्र वार्ता गर्ने अघिपछि चुप रहने प्रवृत्तिलेे पनि वेलावेलामा वा सधैजसाे भारतीय ज्यादती चुपचाप सहेर वस्नुपर्ने अवस्थाकाे सिर्जना भयाे। दरिलाे अडानका साथ स्पस्ट कुरा राख्नु पर्छ नेपालले वरु समय लाग्ला।