२०७७ कार्तिक ७, शुक्रबार

भाषण (कविता)

आदणीय जनसमुदाय हरू मलाई भ‍ोट दिनुस् ,
समाजमा विकास को मुल फुटाउछु।
अल्पमत,समावेशी,महिलाका मुद्दा उठाउछु।
सडक कालोपत्रे का लागि कति! चाहिन्छ ?
बजेट छुट्याउछु, यति मात्र होइन!
एक घर एक रोजगारी पुर्‍याउछु।

यी भाषामा तालि ठोक्नेका अनुहार,
खाडी मुलुकमा देखिन्छन् ।
लठ्ठी टेक्दै भोट हाल्न जानेका,
गाउँ बन्ला भन्ने सपना मेटीन्छन्।
जो भाषण गर्ने हुन उनीहरू,
सुसारे संग चिल्ला गाडिमा भेटिन्छन् ।
जहाँ रोजगारी खुल्छ त्यो ठाउँमा,
उनीहरूकै नातागोता साखा सन्तान भेटिन्छन् ।

भ्रष्टाचार मौलाउछ भ्रष्टाचारी मोटाउछन्।
नातावाद कृपावाद सिद्धान्त नै बन्छन् ।
भाषणमा देखाएका सपना कोडीन्छन्।
समय बित्दै जान्छ ,
अौकात नभएका सत्तामा पुग्छन् ।
त्यस्पछि समाजमा फेरि उही कथा दोहोरीन्छ।

धिरेन्द्र सापकोटा
वीरेन्द्रनगर १ सुर्खेत