२०७७ कार्तिक ७, शुक्रबार

खाद्य सुरक्षामा देखिएका समस्याहरु र माहामारीको प्रभाव 

प्रज्वल रेग्मी (  गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज , बैतडी )                                                                                             खाद्य सुरक्षा भन्नाले खाधान्नको र्पुण उपलब्धता र प्रत्येक व्यत्तिको खाधान्नमा पहुँच रहनु हो । सबैमानिसलाई आवश्यक परिमाणमा पोषणयुत्त खाधन्नको उपलब्धताको नै खाद्य सुरक्षा मानिन्छl food  and agriculture  organization  र world  health  organization   ले पनि खाद्यान्को आवश्यक परिमाणमा उपलब्धता रहनु , सबै मानिसलाई खाधन्नको पहुच राख्न आर्थिक र शरिरिक सर्माथ्य रहनु र आधारभुत पोषण सम्बधि जानकारी सहित खाधन्नको उपयोग गनर्̧लाई खाद्य सुरक्षा मानेको छ । खाद्य सुरक्षाको म̧ख्य जग नै कृर्षि हो ।खाद्य सुरक्षाका आधारभुत पक्षहरु
 १.खाद्यन्नको उतपादान र उत्पादकत्व 
खाद्य सुरक्षाको प्रमुख पक्ष भनेको उत्पादन नै हो । खाद्य सुरक्षा कायम राख्न खाद्यन्नको उत्पादन र्पयाप्त हुनुपछ । जनसङ्ख्याको वर्तमान अवस्था र वृद्वीदरलाई मध्यनजर गर्दै उत्पादनमा जोडदिएमा मात्र खाद्य सुरक्षा कायम हुन सक्छ । मानिसको आवश्यकता , वातावरणिय सन्तुलन , खाद्यन्नप्रतिको आत्मनिरर्भता समेतलाई दृष्टिगत गरि  विविध प्रकारका खाद्य वालिहरुको उत्पादन गर्नु र उत्पादकत्व वढाउनु आवश्यक हुन्छ ।
२.खाद्यन्नको सञ्चय र भण्डारण 
कुनै निशिचत मौसममा उत्पादन हुने खाद्य वालीको उचितर वैज्ञानिक रुपले भण्डारण गर्नुर्पदछ । प्रकृतक विपतिर भोकमारीको लागी केहि मात्रामा खाद्य सञ्चय आवश्क पर्दछ ।
३. खाद्यन्नको उपयुत्त आर्पुति प्रणालि 
खाद्यन्न अर्पयाप्त हुने ठाँउमा निशिचत समयमा पुग्ने गरि मूल्य सुनिश्चित गरि खाद्यन्न उपलब्धता हुने व्यवस्थाा मिलाउनु आवश्यक हुन्छ ।
४.खाद्यन्नको वितरण प्रणलि                                                                      न्युन आर्थिक सतर भएका , घरवार विहिन र द्धन्द्धप्रकोप पिडितको पहिचान गरि छुटै कोटा युक्त्त खाद्य वितरण प्रणालि अवलम्वन गर्नु पर्दछ ।
५.खाद्यन्नको सहि उपयोग 
खाद्यन्नको अधिक उपयोग र न्युन उपयोग दुबै उपयुत्त होइन । यसै गरि पोषणयुक्त्त र समय अनुसारको खाना पनि मानिसलाई आवश्यक पद्र्यछ । खाद्यको सहि उपयोग नहुदा खाद्यन्न फाल्ने प्रवृत्ति पनि रहन्छ जुन खाद्य अधिकारको द्धष्टिले अरुको अधिकार हनन् हो । यसरि कृषि आधुनिकरणमा पनि यि आधारभुत पक्षलाई ख्याल गर्दै उत्पादन वृद्धि गर्दै खाद्य सुरक्षा कायम राख्न सकिन्छ ।
नेपालमा खाद्य सुरक्षा   निति
नेपाल संबिधानको धारा ३६ मा खाद्य सम्वन्धी हकको व्यवस्था गरिएको छ । मौलिक हकको रुपमा रहेको यस हकमा प्रत्येक नागरिकलाई खाद्य सम्वन्धी हक हुने कुरा उल्लेख गरिएको छ । त्यस्तै प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा जिवन जोखिमा पर्ने अवस्थाबाट हुने हक समावेश गएिको छ ।
— खाद्य र पोषण सुरक्ष्ाँको अवधारणा अनुसार कृषि क्ष्ँेत्रको आधुनिकरण गर्ने ।
—खाद्य सुरक्ष्ाँ तथा पोषण आवश्यताको सुनिश्चित गर्ने ।
—खाद्यन्नको उचित भण्डारणको व्यवस्था मिलाउने ।
—र्दुगम क्ष्ँेत्रमा खाद्यन्न उपलब्ध गराउन ढुवानि अनुदान प्रदान गर्ने ।
—स्थानिय वातावरण मैत्री कृषि उत्पादनमा जोड दिने ।
नेपालमा खाद्य सुरक्ष्ाँको अवस्था ः
नेपाल कृषि प्रदान देश हो । कृषि नै याहाँको प्रमुख पेशा हो । याहाँ करिब ७४% कृषि पेशमा आवद्ध  छन् । कृषि मुलश्चय जीवन भने झै याहाँको जीवन र्निवाहको क मुल आधार हो र खाद्य सुरक्षाको मुल जग तर्सथ कृषि व्यवसायमा आधरित छ । याहाँको खाद्य सुरक्षा कुल ग्रहस्थ उत्पादनको २६% हिस्सा कृषि क्षेत्रको योगदान रहेको छ । अझै वृद्धि गर्ने सरकारको लक्ष्य रहेको छ । विभिन्न प्रकृतिक प्रकोप र माहामारीले खाद्य सड्कट निमत्याई  भोकमारी पैदा गरिरहेको हुन्छन् । स्न २०१९मा विश्वका ११६ देशको सुचीमा ७३ अ‍ै स्थानमा रहेको थियो । अहिले २०२० र आगामी वर्षहरुमा पनिनेपालमा खाद्य संकट उब्जन सक्ने विभिन्न स्तरबाट अनुमान भाइरहेको छ । अहिले विशव कोरोना माहामारी सँग लडिरहेको छ र नेपाल पनि यो कारोना बाट अछुतो रहन सकेन आर्थिक सर्वेक्षण अनुसार कृषि क्षेत्रबो वर्षिक वृद्धिदर ३.२% छ । यो वृद्धिदरमा कोरोना माहामारीले पब्कै ह्रास ल्याउने छ । नेपालको र्अथतन्त्रको एउटा मेरुदण्ड मानिने कृषि क्षेत्रमा ठुलो धक्का महशुस भइरेको छ । धान , मकै , गहु र कोदो याहाँको प्रमुख खाद्य वालीहरु हुन । विगतमा र्नियात हुने गरेको खाद्यवस्तु पछिल्लो चरणमा आयात हुने अवस्थाका छ । विश्व खाद्य कार्यक्रमको प्रतिवेदन अनुसार नेपालमा ३६ लाख मानिसहरु खाद्य असुरक्षाको स्थितिमा रहेका छन् । र्कणाली र सुदुरपश्चिम खाद्य असुरक्षित क्षेत्रको रुपमा रहेका छन् ।
खाद्य सुरक्षामा देखिएका समस्याहरु ः
संवैधानिक , नितिगत , कानुनी र संरचना गत व्यवस्था हुदाहुदै पनि परिमाणात्मक उपलविध हात लागेको देखिदँैन । प्रमुख समस्यारु ः
१.खाद्य सुरक्षा सम्बन्धी व्यवस्था भएका नतिगत , कानुनी र संरचनागत व्यवस्थाहरु व्यवहारत ः लागु हुन नसक्नु ।
२.भौगोलिक विकटता हुनु जसका कारण आर्पूति र बजार व्यवस्थापन र्गन कठिनाई ।
३.भौगोलिक विविधता अनुसारको खाद्यन्न उत्पादन हुन नसक्नु ।
४.उन्नत , मल , बिउ रसायनिक औषधीहरु समयमा नै र्पयाप्त हुन नसक्नु ।
५.सिचाई सुविधा सबै ठाउँमा पुग्न नसकी कृषि कार्यक्रमका लागी मनसुनमा भर पर्नु पर्नै वाध्यता ।
६.गाँउदेखी सहर तर्फ बसाई सराई दर बढ्दा , जग्गा जमिन खण्डीकरण गर्ने कार्यमा तीव्र रुपमा बढनु
७.जलवायु परिवर्तनको प्रतिकुल प्रभाव कृषि क्षेत्रमा पर्न थालेको छ ।
८.कृषि अनुसन्धान कार्यले गति पाउन नसक्नु ।
९.युवाशत्ति सबै वैदेशिक रोजगारिमा प्रस्थान हुनाले जग्गा जमिन बाँझो रहनु ।
१० .खाद्य व्यवस्थापन सुचना प्रणालीको व्यवस्था नहुनु ।
११.आर्पूति माध्यम उपयूक्त्त नहुदाँ खाद्यन्न बढी उत्पादन हुने अवस्थामा सस्तोमा खाद्यन्न निर्यात ।
१२. खाद्यन्नको भण्डारण र्पयाप्त र प्रभावकारी नहुनु ।
१३.कृषि क्षेत्र वयवसायिक नभएको र स्वनिर्भतामा आधारित कृषि पेशा भएकाले कृषक हरुले संगठित भई कार्य नसकेको अवस्था छ ।
खाद्य सुरक्षाका उपायहरु ः
१. कृषि सम्वन्धी निती गत एव्म कानुनी व्यवहारहरु अक्षरशःपालना हुनु पर्दछ ।
२.खाद्य सुरक्षा भण्डार ः
 खाद्यन्न सुरक्षाको लागी खाद्य सुरक्षा भण्डार आवश्यक हुन्छ । उत्पादन बढी भएका बखत भण्डारण गर्ने र आवश्यकता अनुसार यसै भण्डारणबाट आर्पूति र वितरण गर्न सकिन्छ । देशका विभिन्न क्षेत्रमा यस्ता सुरक्षा भण्डारणको व्यवस्था गरि खाद्यन्नको सुरक्षा गर्ने सकिन्छ ।
३.सामावेशी  दिगो खाद्य प्रणालीको बिकास ः
 कृिष , सुनिशिचत बचत नारा अन्र्तगत पाँचवटा नितिगत संरक्षित आधार सहितको कृषि बिकासको अवाधारणा वर्तमान अगाडि ल्याएको छ ।जसमा उत्पादन सामाग्री मा अनुदान , सस्तो र सुलभ क्रण , सबै किसानलाई प्रविधिक सेवा , सबै वाली वस्तुको विमा र न्युनतम बचतको ग्यारेन्टी रहेका छन् जसले समावेशी दिगो खाद्य प्रणलीको विकासमा सहयोग पु¥याउन सक्छ र्कायान्नमा ल्याउन जरुरी छ ।
४. खाद्य कोष ः
खाद्यन्न अभाव भएका बखत खाद्यन्न खरिद गर्न यसको कोष व्यवस्था गरिन्छ । सरकारी, सामुदायिक र निजि क्ष्ोत्रको पहलमा कोष रुथापन हुनसक्छ । खाद्यन्न न्युन हुने तर उद्योग , सेवा सम्वन्धी कार्य बढी क्षेत्रमा खाद्यकोष खडा गरि खाद्य खरिद गर्न सकिन्छ ।
५. अनुदान प्रणाली ः
 विकट र र्दुगम क्षेत्रमा जहाँ खाद्यन्न उत्पादन हुदैन र नगरिकहरु खाद्यन्न खरिद समेत गर्न सक्दैनन् सो ठाँउमा खाद्यन्न प्रदान गर्नुपर्दछ । उत्पादन वृद्धि गर्न किसान हरुलाई समयमै बीउ र औषधीहरु मिलाई दिन ुपर्दछ ।
६ .ग्रामिण कृषि सडक अनि उल्लेख्यमात्रामा सहकारी संस्थाहरुको व्यवस्था गरि कृषि उत्पादनको बजारीकरणको व्यवस्था मिलाई दिनु पर्दछ ।
७ . संरक्षित कृषिमा जोड ः
स्थानिय उत्पादनलाई बढी प्रोत्साहन र विदेशबाट आयातलाई अवरोध वा प्रतिस्थापना गर्ने क्रियाकलपमा जोड दिन ुनै संरक्षित कृषि हो । खाद्यन्नमा आत्मनिर्भर को उपाय छिट्टै अवलम्वन गर्नु पर्छ ।
८.स्थानिय स्तरमा किसान सम्म कृषि प्रविधी सेवा पु¥याउन सक्नुपर्दछ ।
९ . सिचाई सुविधा विस्तार गरिनु पर्दछ ।
१०. जमिन वाँझा राख्ने , अनाआवश्यक खण्डीकरणलाई निरुसाहित गर्नु पर्दछ । अहिले देशका कोही स्थानिय निकायले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गरिरहेका छन् ।
११. कृषिको आधुनिकारण , व्यवसायिकरण , बजारीकरण गरी युवाहरुलाई कृषिमा आर्कषण गरिनु पर्दछ
१२ . मानिसको खाद्य वानी सुधार गरिनु पर्दछ ।
१३. खाद्य असुरक्षित क्षेत्रको उचित पहिचान सहितको सुहाँउदो खाद्य र्कायक्रम अगाडि बढाउनु पर्दछ ।
१४.जलवाय ुपरिर्वन अनुकुलित कृष प्रणालीको बिकास लागी अनृसन्धनात्मक कार्य गरिनु पर्दछ । अध्ययनलाई अनुसन्धानलाई फराकिलो बनाई नयाँ उत्पादनशिल खाद्य वालीका जातको सिफारिश गरिनु पर्दछ ।
नेपालको संविधान , खाद्यअधिकार तथा सम्प्रभुता सम्वन्धी ऐन २०७५ र कृषि विकास रणनिती खाद्य प्रणालीको विकास गर्न तिनै तहका सरकारहरुको नेतृत्वदायी भुमका हुनु पर्दछ । जसमा कृषि र पशुविज्ञान सँग सम्वन्धित अध्ययन अध्यापन गराइने संस्थान , क्याम्पस एवं विशवबिधालयहरु सँग गर्नुपर्ने अनिर्वाय सहकार्यलाई पनि सँगसँगै लैजानु पर्छ । कृषि क्षेत्रको गतिशिलतालाई सम्वोधन गर्न खाद्य प्रणाली सँग कृषि शिक्षालाई जोड्नु पर्छ ।