२०७७ कार्तिक ३, सोमबार

लागु औषध प्रयोगकर्तामा सबैभन्दा कम कर्णालीमा

सुर्खेत ।
कर्णाली प्रदेशमा १.४ प्रतिशतले लागू औषध प्रयोगकर्ता रहेको एक तथ्याङ्कले देखाएको छ । नेपाल सरकार गृह मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागले गरेको लागू औषध प्रयोगकर्ताहरुको सर्वेक्षण, २०७६ को प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा १.४ प्रतिशतले लागू औसध प्रयोगकर्ता रहेको देखाएको हो ।

मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार लागू औषधप्रयोगकर्ताहरुको लिङ्ग, उमेर, शिक्षा, वैवाहिक स्थिति, पेशा, लागू औषधको प्रकार, प्राप्तिको श्रोत समेतको समेत अध्ययन गरेको छ । नेपालमा कूल लागू औषध प्रयोगकर्ताहरुको संख्या १,३०,४२४ पुगेको तथा वार्षिक औसत वृद्धिदर विगतको ११.३६ प्रतिशतबाट घटेर ५.०६ प्रतिशतमा रहेको सर्वेक्षणले देखाएको छ ।
प्रयोगकर्ताहरुमध्ये पुरुष १,२१,६९२(९३.३ प्रतिशत) र महिला ८,७३२(६.७ प्रतिशत) रहेका छन् । प्रयोगकर्ताहरू मध्ये ५१.१ प्रतिशत (५१.९ प्रतिशत पुरुष र ३५.४ प्रतिशतमहिला) ले एकान्त स्थानमा लागू औषध प्रयोग गर्ने गरेको देखिएको गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

त्यसैगरी ४० प्रतिशत प्रयोगकर्ताहरु कुनै पनि पेशामा आबद्ध नरहेको तथ्याङ्कले देखाएको छ । लागू औषध प्रयोगकर्ता महिलाहरुको सबैभन्दा ठूलो अनुपात (७१.७ प्रतिशत) बेरोजगार रहेको देखिन्छ, जुन पुरुष प्रयोगकर्ता (३८.० प्रतिशत) को तुलनामा धेरै रहेको सर्वेक्षणले देखाएको छ ।

लागू औषध प्रयोगकर्ताहरु मध्ये युवाको संख्या धेरै रहेको देखिन्छ । सर्वेक्षण अनुसार अधिकांश लागू औषध प्रयोगकर्ताहरूले बीस वर्षभन्दा कम उमेरमा नै पहिलोपटक लागू औषधको सेवन शुरु गरेको देखिन्छ । बीस वर्ष भन्दा कम उमेरमा लागू औषध सेवन गर्ने प्रयोगकर्ताहरुमध्ये ८८.० प्रतिशतले गाँजाजन्य, ६३.४ प्रतिशतले अफिमजन्य, ५२.२ प्रतिशतले आनन्ददायीपदार्थ, ९२.३ प्रतिशतले सुँघ्ने पदार्थ, २३.८ प्रतिशतले भ्रमात्मकपदार्थ र ४५.८ प्रतिशतले उत्तेजनात्मक पदार्थ सेवन गरेको देखिएको सह–प्रवक्ता अधिकारीले बताए ।

नेपालमा सबैभन्दा बढी प्रयोग गरिने लागू औषधमा गाँजाजन्य पदार्थ (८४.७प्रतिशत) रहेको छ । त्यसपछि क्रमशःआनन्ददायी जन्य (७३.१ प्रतिशत) तथा अफिमजन्य (४६.८ प्रतिशत) रहेको देखिन्छ ।
प्रदेशगत रुपमा सबैभन्दा बढी लागू औषधप्रयोगकर्ताहरुको संख्या वाग्मतीप्रदेश (३५.६ प्रतिशत) र सबैभन्दा कम कर्णालीप्रदेशमा (१.४ प्रतिशत) रहेको देखिएको छ ।

एक पटक गाँजाजन्यपदार्थ सेवनगर्दा प्रयोगकर्ताले औसत रु.९२ खर्च गर्ने गरेको देखिन्छ भने त्यसपछि क्रमशः सुँघ्नेका लागि रु. १२४, आनन्ददायीपदार्थका लागि रु. ५७४, अफिमजन्यपदार्थका लागि रु. ८६९, उत्तेजनात्मककालागि रु. १,८९० र भ्रमात्मकजन्यकालागि रु. २,१९५ खर्च गर्ने गरेको देखिन्छ ।

त्यसैगरी, प्रयोगकर्ताहरु मध्ये २९.३ प्रतिशतले सूईको माध्यमद्वारा प्रयोग गर्ने गरेका र ५.० प्रतिशतले एक अर्कामा सुई र सिरिन्ज साटासाट गर्ने गरेको देखिन्छ।९२.८ प्रतिशतप्रयोगकर्ताहरुलाई सिरिन्जआदानप्रदानगर्दा एचआईभीरएड्स, हेपाटाइटिस बीरसी जस्ता सरुवारोगहरु सर्ने जानकारी रहेको देखिन्छ । साथीसंगीको दबाबले लागू औषधप्रयोग गर्नेहरुको संख्या ८९.४ प्रतिशत रहेको देखिन्छ भने मनोरञ्जनकालागिलागू औषधप्रयोग गर्नेहरुको संख्या७२.१ प्रतिशत रहेको देखिन्छ ।

त्यसै गरी सर्वेक्षणको नतिजाअनुसार ४७.२ प्रतिशतलागू औषधप्रयोगकर्ताहरुले उनीहरुको जीवनस्तरमा सुधार ल्याई लागू औषधको कूलतबाट मुक्तगर्न सरकारले रोजगारीकाअवसरहरूमा वृद्धि गर्नुपर्ने र ३६.० प्रतिशतले निःशुल्कउपचार सेवाप्रदानगर्नुपर्ने बताएकाअवस्था रहेको गृह मन्त्रालयले जनाएको छ ।