२०७७ कार्तिक ८, शनिबार

कर्णालीमा ६५ प्रतिशत रोपाई सम्पन्न


सुर्खेत।
क्र्णाली प्रदेशमा ६५ प्रतिशत रोपाई सम्पन्न भएको कृषि विकास निर्देशनालयले जनाएको छ । विगतका वर्षमा वर्षात नहुँदा रोपाई ढिलो हुने भएपनि यो वर्ष पर्याप्त पानी परेका कारण रोपाईमा तीव्रता आएको हो । कर्णालीमा कुल ४९ हजार ४२५ हेक्टरमा धान रोपाई गरिन्छ । गत आइतबारसम्म ३१ ह्जार ९११ ह्ेक्टरमा धान रोपाई सम्पन्न भएको कृषि निर्देशनालयका सूचना अधिकारी यामबहादुर रानाले बताए । उनका अनुसार अघिल्लो सातामा कर्णालीमा जम्मा ३९ प्रतिशत रोपाई भएकोमा यो साता ६५ प्रतिशत पुगेको हो ।

कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा शतप्रतिशत रोपाई सम्पन्न भइसकेको छ । सुर्खेतमा गएको आइतबारसम्म जम्मा ४५ प्रतिशत धान रोपाई सम्पन्न भएको उनको भनाश्ई थियो । ‘सुर्खेतमा कुल १३ हजार पाँच सय दुइ हेक्टरमा धान रोपिने गरिएको छ । जसमा ६०७६ हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ । यो जम्मा ४५ प्रतिशत हो । कालिकोटमा १६ सय ७५ हेक्टर अर्थात ६५ प्रतिशत रोपाई सम्पन्न भएको छ ।’ उनले भने, ‘मुगुमा ७० प्रतिशत, सल्यानमा ८५ प्रतिशत, दैलेखमा ५५ प्रतितशत, जाजरकोटमा ९० प्रतिशत र रुकुम पश्चिममा ६० प्रतिशत रोपाई सम्पन्न भइसकेको छ ।’
कर्यालय प्रमुख चित्रबहादुर रोकायाका अनुसार हिमाली जिल्लामा चैतमै धानको विउ राख्ने र बैशाखमै रोपाई सुरु हुने गरेका कारण शतप्रतिशत रोपाई सम्पन्न भएको बताए । ‘विगतका वर्ष जस्तो यो वर्ष खडेरी परेन । पानी आइरह्यो ।’ उनले भने, ‘त्यसैले पनि कृषकलाई ठूलो राहत दियो ।’ कर्णालीका पहाडी जिल्लामा वर्षे आकाशे पानीकै भरमा अधिकांश खेत रोपिने भएका कारण रोपाईको प्रतिशत कम भएको हो । यो वर्ष शत प्रतिशत जग्गामा रोपाई हुने सम्भावना देखिएको छ ।’