२०७७ कार्तिक १५, शनिबार

सार्वजनिक लेखा समितिद्धारा विवरण माग

सुर्खेत, २५ असार ।
कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा सकितिले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सामु जवाफ माग गरेको छ । विहीबार बसेको समितिको बैठकले उक्त जवाफ माग गरेको समितिका सचिव उपेन्द्र गुरुङले बताए । ‘आर्थिक वर्ष २०७६÷०७७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कर्णाली प्रदेश सुर्खेतबाट मुख्यमन्त्री रोजगार कार्यक्रम, मुख्मन्त्री दलित महिला आय आर्जन कार्यक्रम, एकिकृत बस्ती विकास कार्यक्रमको शिर्षकबाट रकमान्तर गरिएको बिषय र कर्णाली उज्यालो कार्यक्रमको नाममा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुका विभिन्न स्थानीय तहहरुमा भएको रकम निकासाको सम्बन्धमा माननीय अध्यक्षज्यू र समितिका सदस्यहरुबाट माननीय मुख्यमन्त्रीज्युसँग आर्थिक मसान्त सकिनै लाग्दा रकम निकासाको विषय, खर्च गर्न सकिने आधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्त्व, योजनाहरु छनौटको आधार र प्रक्रिया, अवलम्वन गरिएका नितिगत विषय र अन्य महत्वपुर्ण विषयमा जवाफ मागियो ।’ उनले भने ।