२०७७ कार्तिक १५, शनिबार

प्राकृतिक विपद् जोखिम न्यूनिकरणका लागि गम्भिरतापुर्वक लागौं–मुख्यमन्त्री शाही

२९ असार, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले विपद जोखिम न्युनिकरणका लागि गम्भिरतापुर्वक लाग्न निर्देशन दिनुभएको छ । प्रदेश विपद व्यवस्थापन परिषदको सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा वसेको वैठकमा वोल्दै मुख्यमन्त्री शाहीले अवको ३ महिना विपद प्रतिकार्यमा केन्द्रीत हुनुपर्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले विपदको घटना जानकारी पाउने वित्तिकै प्रभावकारी रुपमा उद्धारकार्य गर्न निर्देशन दिनुभयो । वर्षायामको शुरुवात संगै वाढी, पहिरो, डुवान, सडक अवरोध लगायतका विपदका घटनाहरु बढ्ने वताउदै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यको तयारीमा रहनुपर्ने धारणा राख्नुभयो ।
उद्धार कार्यको लागि जनपथको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरि सक्रिय वनाउने, उद्धार कार्यका लागि आवश्यक सामाग्रीको व्यवस्था मिलाउने, विपद प्रभावित समुदायको लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोवस्तीका सामाग्री व्यवस्थापन गर्न समेत मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो ।
उद्धार तथा उपचारको लागि यातायात पहुच भएका क्षेत्रमा एम्वुलेन्स र पहुच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न पनि उहाँले निर्देशन गर्नुभयो ।
मुख्यमन्त्री शाहीले जोखिमयुक्त क्षेत्रको पहिचान गरि त्यसतो ठाउमा वसोवास गरिरहेका नागरिकहरुको अस्थायी रुपमा भएपनि वसाई सार्ने प्रवन्ध मिलाउनुपर्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले पहिरोका कारण सडक अवरुद्ध हुन नदिन निर्देशन गर्दै सडक अवरोध हटाउन निश्चित दुरीमा पायक पर्ने गरि स्काभेटर तयारी अवस्थामा राख्नुपर्ने वताउनुभयो ।
मुख्यमन्त्री शाहीले खाद्यसंकट हुन नदिन तथा आपतकालीन अवस्थाका नागरिकलाई खाद्य आपुर्तीका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न आग्रह गर्नुभयो ।
विपद प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकाय लगायतको एकिकृत प्रयास हुनुपर्ने उहाँको भनाई छ ।