२०७७ कार्तिक १५, शनिबार

कर्णालीका मनकारी डाक्टर केसी, जसले कृषकको डेढ लाख ऋण तिरीदिए

सुर्खेत, १ साउन ।
कर्णाली प्रदेशका मनकारी डाक्टर नवराज केसीले आफूलाई कर्णाली सरकारले दिएको भत्ताको रकमले एक कृषकको दुइ लाख रुपैंया ऋण तिरी दिएका छन् । साउनको धर्मी महिनामा वर्ष दिन भरि भैंसी पालेर दुध विक्री गर्दा पनि दुइ लाख उल्टो ऋण लागेका कृष्ण बहादुर खत्रीको ऋण तिरी दिएका हुन । दैलेखबाट सुर्खेतमा आएर खत्री विगत लामो समय देखि भैसी पाल्थे । डा. केसीका बुवा स्वर्गीय नेत्रबहादुर केसीले आठ वर्ष अघि उनलाई वीनपा तीनमा रहेको आफ्नै घरमा भैंसी पाल्न र बस्न दिएका थिए ।


क्लिन सुर्खेत, ग्रीन सुर्खेतका अभियान्तासमेत रहेका डा. केसीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कृष्ण बहादुर, मेरा छिमेकी,भैंसी पाल्छन, दुध बेच्छन, मेहिनेत गर्छन् । बर्षको अन्त्यमा हिसाब गर्दा कारीब २ लाखको रिण कमाइ भएछ । आधा भैंसी बेचेछन अली कती तिरेछन ।
यो बर्ष डाक्टरहरुलाई कर्णाली सरकारले यहाँ काम गरे बापत ‘दूर्गम् बिशेष भत्ता’ दिएको छ । मेरो लागि दूर्गम् वा सुगम होइन कर्णाली, मेरो घर हो, त्यसैले यो भत्ता आफ्नो लागि लिन अलिकती गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिदै यिनको रिण तिर्ने काम गरियो ।


बैंकहरु सधैं नाफामा रहिरहदा मेहिनेती कृष्णबहादुर जस्ता तिनै बैंकका सेवाग्राहीहरुले पनि नाफाको अनुहार देख्न पाउने बैन्किङ बेबस्था कहिले होला ? अनि ’श्री रामको’जन्म नेपालमा हो भने ‘रामराज्य’ देक्ने मौका यि कृष्ण जस्ता सुकुम्बासीहरुले कहिले पाउलान ?’