२०७७ श्रावण २५, आईतवार

सलह आयो (कविता)

 

सलह आकाश नै छोप्ने गरि आय ।
छिमेकी सबै ले थाल बजाय।
बारीको तरकारी मा बसे छपक्कै,
हेर्दाहेर्दै मकै का पात चाल्ना बनाय।

कोही लाईभ दिनमा ब्यस्त थिय,
कोहि भने थालहरू ठोक्न,
खाईरहे सलह ले, सकियन रोक्न ।
बरू लगे भाइबहिनी सलह छोप्न।

ठुलो संकट परेको छ मानव जिबन मा ,
कहिले कोरोना को कहर ले सताउछ।
कहिले सलह को डर ले सताउछ।
२१ अौ शताब्दीमा आउदापनी;
प्रकृतिको प्रहर ले सताउछ।

अब हामी जे छ त्यस्मा रमाउनु पर्छ।
संकट र महामारी बाट ज्ञान कमाउनु पर्छ।
वातावरण र प्रकृति बचाउ मा बाटै भनी ;
तबमात्र बाच्छौ हामी बाच्छन् भावी सन्तति पनि।

धिरेन्द्र सापकोटा
वीरेन्द्रनगर १ सुर्खेत ।