२०७७ श्रावण २५, आईतवार

मानव अधिकारमैत्री कानुन निमार्णमा जोड

सुर्खेत ।
जिल्लास्थित विभिन्न नागरिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधीहरुले वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा निमार्ण गर्ने कानुनहरु मानवअधिकारमैत्री हुनुपर्ने कुरामा जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत शुक्रवार आयोजना गरेको वीरेन्द्रनगर नपाले तयार गर्दै गरेको मानवअधिकार कार्यान्वयन निर्देशिका मस्यौदाका लागि सुझाव संकलन कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
सहभागीहरुले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नपाले भुमिहीन, सुकुम्वासी, धार्मिक अल्पसंख्यक, दलित, जनजाति, पिछडिएको वर्ग, हिंसा पीडित, गरीब किसान मजदुर, बृद्धबृद्धा, बालबालिका र सबैक्षेत्र तथावर्गको अधिकार संरक्षितहुने गरी कानुननिमार्ण गर्नु पर्ने उल्लेख गरेका थिए ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको मानवअधिकार सुदृढिकरण गर्न र वीरेन्द्रनगर नपाले आगामी दिनमा निमार्ण गर्ने कानुनहरु मनव अधिकारमैत्री निमार्ण गर्न सहजताका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
मध्यपश्चिम विश्वविद्यालयकाउप–प्राध्यापक ललितजङ्ग शाहीले वीरेन्द्रनगर नपाले तयार गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानवअधिकार अधिकृत सोमप्रसाद चौधरीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न नागरिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधी गरी २५जनाको सहभागिता रहेको थियो ।