२०७७ श्रावण २५, आईतवार

शनिबार कर्णालीमा २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या कर्णालीमा साढे १८ सय

सुर्खेत ।
शनिबार मात्रै कर्णालीमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यो सँगै कर्णालीमा हालसम्म कोरोना संक्रमित हुनेहरुको संख्या १८५१ प्ुगेको छ । महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीका अनुसार शनिबार सुर्खेतको चौकुने गाउँपालिकाका तीन जना, गुर्भाकोटका दुइ जना, वीरेन्द्रनगरका पाँच जना, चिंगाडका एक जनामा कोरोना देखिएको हो । दैलेखको आठबीस नगरपालिकाका एक जना, दुल्लु नगरपालिकाका एक जनामा पनि कोरोना देखिएको छ । कालिकोटको रास्कोट नपाका दुइ जना, नरहरीनाथ गाउँपालिकाका एक जना, हुम्लाको नाम्खा गापाका एक जना, मुगुको खत्याड गाउँपालिकाका दुइ जना र जाजरकोटको भेरी नगरपालिकाका ६ जनामा शनिबार कोरोना पुष्टि भएको उनले बताए ।
५४ जना घर फर्किए
वितेको २४ घण्टामा उपचारमा रहेका कोरोना संक्रमित मध्ये ५४ जना घर फर्किएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा १६३९ जना निको भई डिस्चार्ज भएका छन भने आइसोलेसनमा दुइ सय ६ जना उपचाररत रहेका छन् । जसमध्ये सुर्खेतमा ३२ जना, दैलेखमा ९२ जना, जाजरकोटमा पाँच जना, सल्यानका १९ जना, रुकुम पश्चिमका १२ जना, जुम्लामा एक जना, कालिकोटमा १३ जना र मुगुमा एक जना आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।