२०७७ कार्तिक ४, मंगलवार

लेकबेशीका अवैध उत्खनन रोक्न समितिको निर्देशन,  अबैध कामलाई बैद्य बनाउन सन्चालकको प्रलोभन

 


सुर्खेत, ११ साउन ।
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने लेकबेशी नगरपालिकामा रहेका नदि तथा खोलाहरुमा अत्याधिक मात्रामा दोहन भएको बताउँदै तत्काल निकासी रोक्न जिल्ला अनुगमन तथा समन्वय समितिले निर्देशन दिएको छ । लेकबेशी नगरपालिकाको वडा नं. १, ८, ९ र १० मा अवैध रुपमा क्रसर उद्योगसमेत सञ्चालन गरेको पाइएको बताउँदै समितिले तत्काल ति उद्योगहरु द्यर्ता भएका हुन वा होइनन, अवैध हुन वा होइनन भन्ने बारेमा पत्ता लगाई आवश्यक कारवाही गर्न नगरपालिकालाई निर्देशन दिएको जिल्ला समन्वय समिति श्रोतले बताएको छ । ठेकेदारले अहिलेसम्म कति परिणाममा माल लिए भन्ने कुराको विवरण न त नगरपालिका सँग नै छ भने न त ठेकेदारले विवरण नै बुझाएका छन् ।
लेकबेशी नगरपालिकामा रहेको चिंगाड खोला र भेरी नदिको ठेक्का न्यू देउती कन्स्ट्रक्सनले एक करोड पाँच लाखमा पाएको थियो । उसले आइईई प्रतिवेदन अनुसार जम्मा ५७ हजार घनमिटर माल लिन पाउने थियो तर उसले खोलामा ८० हजार घनमिटर माल थुपारेको पाइएको छ भने उसले असार तीस गते भन्दा पहिले कति लगेको भन्ने विवरण नै छैन ।
अर्को पवन कन्स्ट्रक्सन नामक कम्पनीले खहरेला, गमखोला र राते खोलाबाट ढुंगा गिट्टी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो । उसले भ्याटसहित ५२ लाखमा ठेका पाएको थियो । उक्त कम्पनीले ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिएपनि दुइ लाख घन मिटर भन्दा बढि थुपारेको छ । ‘स्याण्ड रिफाइनरी नामक अवैध क्रसर समेत पवन कन्स्ट्रक्सनको नजिकै सञ्चालित छ । यो अवैध क्रसर उद्योग नै हो । तर उद्योग भएतापनि कम्पनीसँग मिलेर दुइ लाख घनमिटर भन्दा बडि माल थुपारिएको हामीले पायौं । क्रसर उद्योगको मापदण्ड पुरा नगरेपनि यो उद्योगले खोलाबाट तीस मिटर मात्रै पर उद्योग स्थापना गरि खोलाको दोहन गरिरहेको नगरपालिकाले देख्न सकेन ।’ अनुगमन समिति श्रोतले भन्यो, ‘यो खोलाका ढुंगा गिट्टीबाट उद्योगले सात थरी सामाग्री निकालिरहेको हामीले प्रत्यक्ष देखेर आएका हौं ।’
यसका अलावा त्यहाँ लेकवेशी बालुवा प्रशोधन उद्योगका नाममा तीन वटा थप प्रशोधन उद्योग सञ्चालनमा आएका छन् । ‘ती उद्योगले कर तिरेका छन कि छैनन, कानून सम्मत दर्ता भएका हुन कि हैनन भनेर समितिले बुझ्दा घरेलुमा दर्ता भएको पाइयो तर नगरपालिकामा विवरण राखेको पाइएन ।’ श्रोत भन्छ, ‘दर्ता भई राजश्व तिरेका र नविकरण भएका हुन वा होइनन नगरपालिकाले जवाफ नै दिन सकेन ।’
सोही नगरपालिकाको वडा नं. ८ मा अस्थायी क्रसर स्थापना भएको छ । उक्त क्रसरले आरनटुडा, मटेला हुँदै जाजरकोट जाने सडकबाहेक अन्यत्र सामान विक्री वितरण नगरेको दाबी गरेको छ । तर हाल ति क्रसर सन्चालकहरुले अवैध रुपमा खोलाबाट निकालेको गिट्टी ढुंगा बालुवा आफ्नो बनाउन विभिन्न तिक्डम गर्दै आईरहेका छन् । ति सन्चालकहरु राजनितज्ञदेखी पत्रकार कर्मचारी देखी स्थानिय जनप्रतिनिधीहरुलाई विभिन्न प्रलोभन देखाएर गिट्टिी ढुंगा बालुवा छोड्दीन र त्यो छोडीदीए बापत मोटो रकम दिने प्रलोभन बाड्दै हिडीरहेका छन् । यो विषयमा लेकबेसीका एक नागरिक अगुवाले भने अब हेरौ यो प्रलोभनमा कति मान्छे पर्छन् । अबैध रुमा सन्चालन गरिएको यो धन्दाका बारेमा हामीले यस्को नजिकबाट अनुगमन गरिहेका छौ ।
कसरी भयो रोक्का गर्ने निर्णय ?
जिल्ला मन्वय अधिकारी दुर्गा प्रसाद चालिसेका अनुसार असार १३ गते जिल्ला समन्वय प्रमुख छविलाल सिग्देलको नेर्ततवमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवम बन डिभिजन कार्यालयलगायतको आठ सदस्यीय अनुगमन तथा समन्वय समितिले ती स्थानको अनुगमन गरेको थियो । ‘समितिले त्यहाँ परिमाण भन्दा बढि सामाग्री निकालिएको ठहर गर्दै मेरो संयोजकत्वमा तीन सदस्यीय छानविन समिति १६ गते गठन ग¥यो । हामीलाई समितिले एकिन विवरण संकलन गर्न, के भएको हो प्रतिवेदन पेश गर्न निदेृशन दिएको थियो । हामीले त्यहाँ फेरी असार २६ मा गएर स्थलगत अध्ययन गरेका थियौं ।’ समन्वय अधिकारी चालिसेले भने, ‘असार तीस गतेको समितिको बैठकमा हामीले हाम्रो प्रतिवेदन दियौं । असार १६ गते नै यथास्थितिमाराख्न भनेर पत्र पठाइएपनि त्यो अटेर गरेको गुनासो हामी कहाँ आएको थियो ।’
उनका अनुसार नगरपालिकालाई असार तीस गतेको निर्णय ३१ गते एक निर्देशन पठाइएको छ । ‘आइइइ अनुसार भन्दा बढि जम्मा गरि राखिएको मालसामान नगरपालिकाले जफत गर्ने निर्देशन दिएको छ । क्रसर उद्योग, बालुवा प्रशोधन उद्योगको दर्ता प्रक्रिया ानभएको खण्डमा बन्द गर्न, नमाने प्रशासनको सहयोग लिन वा खारेजका लागि पत्र लेख्न नगरपालिकालाई दोश्रो निर्देशन दिएको छ र नगरपालिकालाई सहयोग आवश्यक परेको खण्डमा लेखि पठाएको बेला सहयोग गर्न समिति तयार भएको तीन बुँदे निर्देशन दिएका छौं ।’
यता, लेकबेशी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले अवैध उत्खनन भएको पाइएमा कारवाही गर्ने बताए । ‘मैले कर्मचारीहरु खटाइसकेको छु । अवैध काम भएको खण्डमा हामी हेरेर बस्दैनौं ।’ उनले भने, ‘अबको उक साता भित्रै लिलाम बढाबढ गर्ने, जरिवाना गर्ने काम गर्छौं ।’ उनले भने, ‘नियमविपरित कुनै पनि काम हुन दिदैनौं । त्यसबारेमा मलाई धेरै जानकारी आइसकेको छैन । आउने वित्तिकै के गर्नुपर्छ म तयार छु ।’