२०७७ श्रावण २५, आईतवार

कर्णालीमा थपिए २८ संक्रमित, सक्रिय संक्रमित २२९ जना, १६४४ जना निको भए

सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको सुचनाअनुसार प्रदेश अस्पताल सुर्खेत र दैलेख अस्पतालमा गरिएको पिसिआर परिक्षणमा आइतबार दैलेखका २५ जना र सुर्खेतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १८७९ पुगेको छ । जसमध्ये १६४४ जना निको भएर घर फर्किसकेका छन् । भने सक्रिय २९९ जना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार संक्रमित हुनेहरूमा दैलेखको दुल्लु नगरपालिका ५ का १ जना पुरूष र २४ जना नारायण नगरपालिकाका रहेका छन् । सुर्खेतको भेरिगंगा नगरपालिकाका २ जना तथा पन्चपुरीका १ जना रशेका छन् ।

कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण ६ जनाको ज्यान गइसकेको छ ।