२०७७ आश्विन १२, सोमबार

ढुंगा गिट्टीमा लाखमा ठेक्का, करोडौंमा कारोवार, काम गैरकानुनि, ३ करोड बढीको राजश्व छलि

सुर्खेत, १२ साउन ।
लेकबेशी नगरपालिकाले ठेक्का दिएको चिंगाड खोला र खहरेखोला लगायतका स्थानबाट विभिन्न ठेकेदार कम्पनीले लाखौंमा ठेक्का लिने करोडौं कमाउने गरेको खुलेको छ । जिल्ला अनुगमन तथा समन्वय समिति सुर्खेतले अनुगमन गर्दा करोडौंको ढुंगा गिट्टी नदिमै संकलन गरि राखिएको पाइएपछि यस्तो खुलासा भएको हो ।
पवन कन्स्ट्रक्सन नामक कम्पनीले खहरेला, गमखोला र राते खोलाबाट ढुंगा गिट्टी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो । उसले भ्याटसहित ५२ लाखमा ठेका पाएको थियो । उक्त कम्पनीले ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिएपनि दुइ लाख घन मिटर भन्दा बढि गिट्टी ढुंगा बालुवा संकलन गरेर राखेको छ । यो कम्पनीका सञ्चालक पवन गिरी भएपनि यस्को मुख्य लगानिकर्ता र योजनकार कलाधर शर्मा केदार हुन । उनले सेटिङ्गमा भेरी एग्रोग्रेट स्याण्ड रिफाइनरी इण्डष्ट्रीज लेकबेशी एक सँग सम्झौता गरेर नदि किनारमै अवैध क्रसर उद्योग राख्न लगाएका थिए । उक्त क्रसर उद्योग उनै उपाध्याय ‘केदार’ को नाममा दर्ता गरिएको छ । पवन कन्स्ट्रक्सनले संकलन गर्ने र क्रसर उद्योगले पेलेर गिट्टी ढुंगा बालुवालाई बजार पठाउने काम गर्दै आइरहेको छ । सुर्खेतमा विभिन्न क्षेत्रमा लगानि गरेका केदार शर्माले यो भन्दा अगाडि देखी नै त्यसरी अबैध रुपमा सेटिंगमा प्राकृतीक दोहोन गरिरहेका थिए ।
शर्माको उद्योग दर्ता भएतापनि कम्पनीसँग मिलेर दुइ लाख घनमिटर भन्दा बडि सामान थुपारिएको पाइएको छ । सामान्यतया क्रसर उद्योग खोलाको पाँच सय मिटर नजिक राख्न पाईदैन । तर यो उद्योग खोलाबाट तीस मिटरको दुरीमा सञ्चालित छ । नगरपालिकाले तोकेको कर अनुसार हिसाब गर्ने हो भने प्रतिघनमिटर एक सय पाँच रुपैंया राजश्व तिर्नु पर्छ । यो कम्पनीले खोला किनारमा दुइ लाख भन्दा बढि घनमिटर राखेको छ । यसबाट नगरपालिकाले कम्तिमा दुइ करोड पचास हजार भन्दा बढि राजश्व असुल गर्न सक्ने भएतापनि पालिकाकै कर्मचारीको मिलेमतोमा उक्त कार्य अघि बढाइएको छैन । नगरपालिकाले भने तीनै स्थानमा अनुगमन गर्न बल्ल कर्मचारी खटाएको छ ।
यस्तै, अर्का ठेकेदार विवेक कुमार थापाले न्यू देउती कन्स्ट्रक्सनको नाममा ठेका पारे । लेकबेशी नगरपालिकामा रहेको चिंगाड खोला र भेरी नदिको ठेक्का न्यू देउती कन्स्ट्रक्सनले एक करोड पाँच लाखमा पाएको थियो । उसले आइईई प्रतिवेदन अनुसार जम्मा ५७ हजार घनमिटर गिट्टी ढुंगा बालुवा लिन पाउने थियो तर उसले खोलामा ७३ हजार घनमिटर सामान थुपारेको पाइएको छ । यो कम्पनीमको प्राकृतिक सामान जफत गरेको खण्डमा नगरापालिकालाई ८० लाख भन्दा बढि राजश्व संकलन हुने देखिन्छ ।
यो कम्पनीले नदि किनारमै बालुवा प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ । ठेकेदार थापाले नगरपालिकामा तीन वटा कम्पनीको नाम पठाएका छन् । समितिले अनुगमन गर्दा प्रशोधन उद्योगमा बोर्ड लगाइएको छैन । नगरपालिकासँग समितिले विवरण माग्दा नगरपालिकाले थापाका नाउँमा रहेका तीन वटा प्रशोधन उद्योगको नाम दिएको थियो ।
लेकबेशी बालुवा प्रशोधन लेकबेशी ९ को भुपेन्द्र थापा सञ्चालक रहेका छन् । न्यू देउती बालुवा मोरंग प्रशोधनको सञ्चालक गीता थापा छन भने ठेगाना लेकबेशी १० उल्लेख छ यस्तै मनकामना प्रशोधन उद्योग साटाखानी ८, लेकबेशी नौको नाममा दर्ता भएको छ । यसको सञ्चालकमा विवेक कुमार थापा छन् ।
‘नगरपालिकाले त्यत्रो थुप्रो देखेन । सरकारले एक्सन लिन आवश्यक छ । एक्सन लिएको खण्डमा खोलाको दोहन गर्नेलाई आवश्यक कारवाही हुन्छ । अहिले जिल्ला प्रशासन कार्यालय पनि तातिएको छ । आइतबारमात्रै एक पत्र लेकबेशी नगरपालिकालाई जिल्ला प्रशासन कार्यालयलाई काटिएको छ ।’ जिल्ला समन्वय समिति श्रोतले भन्यो, ‘पत्रमा अहिलेसम्म के कति प्रगति भएको छ, क्रसर उद्योग बन्द भए वा सामान उठाइरहेको छ वा नगरपालिकाले केकस्तो कारवाही गरेको छ भन्ने कुरा खुलाई पठाउन भनेर पत्र काटेको छ ।’
नयाँ नेपालमा समाचार आइसकेपछि ठेकेदार वृत्तमा खल्बली मच्चिएको छ । ‘केहि व्यक्तिलाई उनीहरुले फकाईरहेका थिए । समन्वय समितिलाई पनि प्रभावित पार्न खोजिरहेका थिए ।’ नाम उल्लेख नगर्ने शर्तमा श्रोतले भन्यो, ‘केही सीप नलागेपछि अहिले ठेकेदार आत्तिएका छन् । एक आपसमा आरोप प्रत्यारोप चलिरहेको छ ।’
चिंगाड खोलामा नै अस्थायी रुपमा अनुमति लिएर प्रशोधन उद्योग सञ्चालनमा छ । ठेकेदार पदमबहादुर खड्काले आयोजना निर्माण गरिरहेका कारण उक्त स्थानमा सात हजार घन मिटर सामान बाँकी रहेको छ । उनले वीरेन्द्रनगर भित्रका सडकहरु, आरनटुडा जाजरकोट,चौरजहारी लगाएतका सडक आयोजनामा काम गरिरहेका छन् । उनलाई अस्थायी रुपमा बालुवा गिट्टी संकलन गर्न दिनुहुन भन्दै पूवाृधार विकास निर्देशनालयले नै पत्र पठाएको थियो । सोही पत्रका आधारमा उनले अस्थाई रुपमा काम सञ्चालन गरिरहेका छन् । सरकारले दश करोड भन्दा माथीका आयोजनाका लागि त्यसरी अस्थाई रुपमा क्रसर उद्योग सञ्चालन गर्न दिने कानुनि व्यवस्था गरेको छ । खड्काको हाल २५ करोड भन्दा माथी प्रदेशभरीका आयोजनाको काम गरिरहेका छन् । त्यहा सञ्चालीत खड्काको क्रसर उद्योगभने बैधानिक रुपमा सञ्चालन भैरहेको छ ।
यता, नगरपालिका वृत्तमा कसका कारण लापरवाही भयो र यत्रो राजश्व गुम्नेगरि प्राकृतीक दोहोन भयो भन्ने विषयले चर्चा पाएको छ । ‘जति सक्छौ लैजाउ भनेर भन्ने नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधि माथि पनि कारवाही हुन आवश्यक छ ।’ नगरपालिका श्रोतले भन्यो, ‘हामीले बारम्बार गरेको अनुरोध कसैले पनि स्वीकारेनन । अहिले यस्तो अवस्था आयो ।’