२०७७ मंसिर १३, शनिबार

उल्लासका साथ सुर्खेतमा तीज मनाइयो, दुई वर्षपछि भरियो खुलामञ्च

kkkk (1)सुर्खेत, भदौ २० ।
यो वर्षको हरितालिका तीज सुर्खेतमा उल्लासका साथ मनाइएको छ । अघिल्ला दुई वर्षमा प्राकृतिक प्रकोपले मन खुलाएर तीज मनाउन नसकेका सुर्खेतीहरुले अहिले भने उल्लासका साथ तीज मनाएका छन् ।

अघिल्लो वर्ष भुकम्प र त्यसको अघिल्लो वर्ष बाढीले ठुलो क्षति पु¥याएका कारण सुर्खेतमा तीज उल्लासमय हुन सकेको थिएन ।

गाउँ र टोलहरुमा सामान्य नाचगान गरेपनि हरेक वर्ष वीरेन्द्रनगरको खुला मञ्चमा आयोजना हुने सद्भावको तीज मेला लगातार दुई वर्ष हुन सकेको थिएन ।

यो वर्ष आइतबार भने खुला मञ्च रंगिएको थियो । बागिना समूह सुर्खेतले औपचारिक रुपमा खुला मञ्चमा तीज सद्भाव मेलाको आयोजना गरेपछि आइतबार सोही मेलामा उल्लासका साथ सुर्खेतीहरुले तीज मनाएका छन् । सुर्खेतका अन्य बजार र गाउँहरुमा पनि उल्लासका साथ तीज मनाइएको छ ।

दई वर्षको अन्तरालमा औपचारिक रुपमा तीज सद्भाव मेला आयोजना गरिएपछि आइतबार खुला मञ्चल भरिएको थियो । हजारौको संख्यामा महिला पुरुषहरु जम्मा भएर तीज मनाएका छन् । दुई वषर्् पनि कार्यक्रम आयोजना गरिएकोले पनि दर्शकहरुको संख्या निकै ठुलो रहेको थियो ।

यसैबीच यो वर्षको तीजमा केही सामान्य घटनाहरु भएतापनि अप्रीय घटनाहरु पनि नभएको प्रहरीले जनाएको छ । सुर्खेतमा तीजलाई पञ्चमीको दिनसम्म नै मनाउने प्रचलन रहेको छ ।