२०७७ मंसिर ९, मंगलवार

घर जलाइएका भूमीहिन चेपाङलाई तत्काल घर बनाइदिन जनार्दन शर्माको आग्रह

काठमाडौँ । नेकपा नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले चितवनमा घर जलाइएका भूमीहिन चेपाङ समुदायलाई घर बनाइदिन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले चितवन माडी ९ कुसुमखोलामा आगो र हात्ती लगाएर चेपाङका घर नष्ट गरेको प्रति दोषीलाई कारवाही गर्दै गल्ति सच्याउन सरकारलाई आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले १० दिनमै घर जलेका चेपाङको परिवारलाई घर बनाइदिन आग्रह गरेका छन् ।

केहीदिन अघि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कुसुमखोला किनारमा बसेका भूमीहीन चेपाङका १० घरमा आगो लगाउनुका साथै हात्ती प्रयोग गरेर नष्ट गरेको थियो ।