२०७७ कार्तिक १३, बिहीबार

वीरेन्द्रनगरको बजेट खर्च प्रणालिमा सुधार हुँदै, वडाका खाता रोक्का, कुन वडामा कति बजेट ?

सुर्खेत, १२ साउन ।
वीरेन्द्रनगर नगरपालिका कर्णालीको एकमात्र सुगम नगरपालिका हो । यो नगरपालिका प्रदेश राजधानीसमेत भएको पालिका भएको र राजनीतिक नेतृत्व अन्य पालिकाको तुलनामा अब्बल नगरपालिका भएका कारण संघीयताको अभ्यास गर्न भन्दै १६ वटै वडा पालिकामा खाता खोलेर वर्षेनी बजेटको निकासा दिन थाल्यो । आर्थिक वर्ष २०७४÷०७५ देखि सबै वडामा वडा सचिवले सञ्चालन गर्ने गरी खातामा खोल्न लगाइयो । सो खातामा वडाका योजनाको बजेट पठाइयो । यस कार्यबाट वास्तविक रुपमा संघीयताको कार्यान्वयन वीरेन्द्रनगरले सुरु गरेको भन्ने प्रचार भयो । खाता सञ्चालन भएको दुइ वर्षमा नै नगरपालिकाले वडा कार्यालयका खाता रोक्का गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार महालेखा परीक्षकको कार्यालयले वडा पालिकाबाट निकासा दिएको र त्यो हेर्न नसकिने बताउँदै बेरुजु निकालेपछि बाध्य भएर खाता बन्द गर्नु परेको बताउँछन् ।
‘साना साना कार्यक्रमका लागि नगरपालिकामा नै सेवाग्राहीको भीड बढाउन हामीले चाहेका थिएनौं । वडा कार्यालयले दिएको बील भरपाईलाई महालेखा परिक्षकको कार्यालयले हेर्नै नमानेपछि बेरुजुमा उक्त रकम राखियो । जसले गर्दा बाध्य भएर हामीले वडा कार्यालयको खाता बन्द गर्ने निर्णय गरेका हौं ।’ उनले भने, ‘वडा कार्यालयमा लेखाको दरवन्दी र अधिकृत स्तरको कर्मचारी भएको खण्डमा मात्रै खाता चिन्ने महालेखाले भनेको छ । सोही अनुसार गतवर्ष हामीले पेश्की मात्रै दिएका कारण थोरै मात्रै बेरुजु आयो । यद्यपी गत आर्थिक वर्षमा केहि वडाका खाता बन्द नभएका कारण तीन करोड १३ लाख ४० हजार बेरुजु आएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा वडा नं. ४, ६, ९, १०, ११, १२ लगायतले खाता सञ्चालन गरेका थिए ।’ साउन दुइ गते नै सबै खाता बन्द गर्न लिखित निर्देशन दिइसकिएको उनको भनाई छ ।
विगतका वर्षमा हरेक वडामा दामाशाही तरिकाले बजेट बाँडने गरिएपनि यो वर्ष न्यूनतम एक करोड प्रति वडा विनियोजन गरिएको छ । बजेट तर्जुमा दिग्दर्शनमा दामाशाही रुपमा बजेट वितरण गर्न नपाइने भएपनि यसअघि गरिदै आएकोमा यो वर्ष देखि दिग्दर्शनकै आधारमा बजेट विनियोजन गरिएको उनको भनाई छ । ‘राजश्व संकलनको योगदान, जनसंख्या, सेवाग्राहीको चापहेरेर थप बजेट वडामा विनियोजन गरेका छौं । जसमा एक करोड ७८ हजार देखि एकम करोड ५५ लाख सम्म वडामा बजेट गएको छ ।’ उनले भने, ‘वडामा गएको यो बजेट वडाबाट छनौट भएका योजनाका लागि हो । हामीले तोकेर पठाएको बजेट सिलिङ अनुसार ती योजनामा बजेट गएको हो ।’
कुन वडामा कति बजेट ?
आर्थिक वर्ष २०७७÷०७८ का लागि वीरेन्द्रनगगरपालिकाले वडामा विकासका काम गर्न भन्दै २० करोड बढि बजेट विनियोजन गरेको छ । एक अर्ब ४२ करोड ९९ लाख ९१ ह्जार ८२३ बुल बजेट ल्याएको नगरपालिकाको चालु बजेट नब्बे करोड छ । यो वर्ष गत वर्षको मौजदात २३ करोड ७६ लाख रहने अनुमान नगरपालिकाले गरेतापनि त्यो अधिकांश बजेट खर्च हुँदा नगरपालिकाले घाटा बजेट ल्याएको हो ।
‘वडाको विकासका लागि वडा नं. एक मा एक करोड २८ लाख तीस हजार, दुइमा १ करोड २३ लाख ४६ हजार, तीनमा एक करोड ३७ लाख दुइ हजार, चारमा एक करोड पन्ध्र लाख, पाँचमा एक करोड आठ लाख सत्तरी हजार, छमा एक करोड पचपन्न लाख २० हजार बजेट विनियोजन भएको छ ।’ उनले भने, ‘वडा नं. सातमा एक करोड पन्ध्र लाख २४ हजार, आठमा एक करोड एघार लाख ४६ हजार, नौ मा एक करोड २७ लाख १५ हजार, दशमा एक करोड ३३ लाख ७५ हजार, एघारमा एक करोड २१ लख ८४ हजार, बाह्रमा एक करोड बीस लाख, तेह्रमा एक करोड चार लाख ९२ हजार, चौधमा एक करोड दुइ लाख ८५ हजार, पन्ध्रमा एक करोड ९३ हजार र सोह्रमा एक करोड ७८ हजार बजेट गएको छ ।’
नगरपालिकाका उपप्रमुख एवम कार्यवाह प्रमुख मोहनमाया ढकालले नगरपालिकाको बजेट खर्च प्रणालीलाई महालेखा परिक्षकको कार्यालयका निर्देशन अनुसार सुधार गरिएको बताईन । ‘विगतमा देखाइएको बेरुजुलाई कार्यालयसँग वील भरपाई हेरी बेरुजु फछ्योृट गरिदिन अनुरोध गर्छौं । आगामी वर्षदेखि हामी यस्तो गल्ती दोहा¥याउँँदेनौ ।’ उनले भनिन, ‘वडाका नागरिकले सानो योजनाको भुक्तानी लिन धेरै दुःख नपाउन भन्ने हिसाबले र नजिकको सिंहदरबारको आभाष नागरिकलाई होस भन्ने चाहेर त्यो निर्णय गरेका थियौं । तर बेरुजु निकालिने भएका कारण हामी त्यो अभ्यासबाट उक कदम पछि फर्केका छौं ।’ अब नगरपालिकाबाटै नागरिकलाई थप सेवा सुविधा तीव्र रुपमा दिलाउन लागि पर्ने उनको भनाई छ ।