२०७७ श्रावण २५, आईतवार

कानुन सिकाउने उपसचिव गौतमको ठगी धन्दा: ललितपुरमा ६ करोड बढिको जग्गा ७ लाखमा हत्याए

सुर्खेत ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णााली प्रदेश सुर्खेतमा कार्यरत कानून उपसचिव विनोद कुमार गौतमले कानून अध्ययन गरेको आफ्नो ज्ञान र सरकारी पदको दुरुपयोग गर्दै ललितपुरका एक निरीह महिलाको जग्गा कब्जा गरेका छन् । पिडीत महिलाले आफु अन्यायमा परेको भन्दै विभिन्न निकायमा धाउन थालेपछि गौतमले हाल सो जग्गा आफन्तको नाउमाँ नामसारी गरेको खुलेको छ ।
जिल्लाको लुभु गाविस तीन हालको महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने राम प्यारी श्रोष्ठको कित्ता नम्बर ५७, दुइ रोपनी १२ आना जग्गा २०७० सालमा ३२ लाख रुपैंया दिने भनेर खरिद गरेपनि सात लाख रुपैंया मात्रै दिएर जवरजस्ती हडपेको पाइएको हो । ‘उतिबेला कर कार्यालय बरमहलमा कर अधिकृतको रुपमा गौतम कार्यरत थिए ।’ सरकारी पद र कानुनको दुरुपयोग गर्दै सोहि बेला नै सो जग्गा उनले हडपेका हुन् । श्रोतले भन्यो, ‘त्यहि समयमा उनले ३२ लाख दिने शर्तमा १५ लाखको चेक दिएर जग्गा नाममा गराएका थिए । तर त्यो चेक पनि बाउन्स भयो । उनको खातामा पैसा थिएन ।’ पिडीतले भनिन्, ‘आज भोली दिउला भन्दै समय टाल्दै गए । रामप्यारीकी छोरीलाई पैसा दिइसकेको भनेर गौतमले झुक्याएछन् ।
पछि उनी सिंहदरबारमा सरुवा भएर गए । तीन वर्ष पछि उनले सात लाख रुपैंया मात्रै दिए । निरीह नेवार महिलालाई उनले कानुनी रुपमै ठिक पार्दीने भनेर धम्की दिए जग्गा पचाए ।’
हाल उक्त जग्गालाई गौतमले टुक्रा टुक्रा पारिसकेका छन् । जग्गा आफन्तको नाउँमा गरेको पाइएको सानुमाया श्रोत बताउँछ । ५७ नम्बरको कित्तालाई काटेर अहिले चार वटा कित्तामा जग्गा नामसारी गराइएको छ । सोही जग्गामा २१६३ नम्बरको चार आना जग्गा भावना श्रोष्ठको नाउमा गौतमले पास गरेका छन भने २१६४ नम्बरको जग्गा राजेन्द्र पाण्डे चार आना, मनोज पन्त चार आना नाममा गरेका छन् । कित्ता नम्बर २१६५ कन्चना श्रेष्ठको नाउँमा एक रोपनी जग्गा पास गरिदिएका छन् । २१६६ नम्बरको कित्ता नम्बरको एक रोपानी जग्गा सिर्जना श्रोष्ठको नाउँमा दर्ता गरदिएका छन् । गैरकानुनि रुपमा हडपेको जग्गा आफुबाट फुत्कने डरले कानुन सचिब गौतमले अरुका नाममा हतार हतार पास गरेर सरुवा गरेर यता आएको पिडीतको भनाई छ ।
पीडित सानुमायाले उतिबेला आमा विरामी भइरहने र उपचार गर्नका लागि जिउनी विक्री गरेको बताउँछिन् । ‘कार्यालयमा अधिकृत रहेको व्यक्तिले पैसा दिइ हाल्छ भन्ने ठान्नु भयो । जग्गा नाममा पास गर्न जाँदा उनले पैसा आउँदैछ पास गरिहाल्नुस भनेर आमालाई फकाए । आमाले विश्वास गरेर जग्गा पास गरिदिनु भयो । बाहुनको छोराले माताको जग्गा हडपेको खण्डमा पाप लाग्छ । म पैसा जसरी पनि दिन्छु भनेर उनले कसम खाएका थिए । दाजु भाइ अलग भइसकेका छन् ।’ उनले भनिन, ‘अहिले रुन परेको छ । प्रति आना जग्गाको मूल्य १५ लाख पर्छ । सात लाख रुपैंया दिएर नै उसले मेरो जग्गा लुट्यो । कसरी पैसा असुल गर्ने होला भन्ने तनावमा परेर आमाको ज्यान गइसकेको छ ।’ हाल सो जग्गा बजार मुल्य अनुसार ६ करोड ६० लाख पर्छ ।
उनका अनुसार अहिले उनले सानुमायाको फोन नम्बर ब्ल्याक लिस्टमा राखेका छन् भने उनले अरुको नम्बरबाट कल गरेको खण्डमा फोन नै उठाउँदैनन् । कानूनको रक्षक नै भक्षक भएपछि म कसरी आवाज उठाउँ भन्दै उनले जसरी हुन्छ जग्गा फिर्ता गराई दिन विभिन्न निकायमा अनुरोध गरिन । सरकारी उच्च ओहोदामा रहेर त्यो पनि कानुन कार्यन्वयन र व्याख्या गर्ने ठाउमा बसेको अधिकारीले यसरी झुक्याएर सर्वसाधारणको जग्गा गैरकानुनि रुपमा हडप्नेलाई कारबाहि हुनुपर्ने पिडीत सानुमायाको माग छ । गैरकानुनि हर्कद ढाक छोप गर्न गौतम काठमाण्डौ बाहिर सरुवा भएर गएको थाहा पाएकी छु तर मैले न्याय नपाउन्जेल उनलाई छोड्दीन सानुमायाको भनाई छ । यो विषयमा पटक पटक गौतमसग बुज्न खोज्दा उनिसंग सम्पर्क हुन सकेन । उनको मोवाएल अफ गरिएको थियो ।