२०७७ आश्विन १२, सोमबार

कालिकोटमा बाढीपहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु

कालिकोट। कालिकोटमा बाढी पहिरोमा परेर एक सातामा १९ जनाको मृत्यु ६ जना बेपत्ता भएका छन् । जिल्लाको विभिन्न ठाउँमा गएको बाढी पहिरोमा परेर मृत्यु र बेपत्ता भएका हुन् । कालिकोटमा एक साताको अवधिमा जिल्ला बिभिन्न ठाउँमा बाढी तथा पहिरोमा परेर १९ जनाको मृत्यु ६ जना वेपत्ता भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । ‘‘बिहीबारसम्म १७ जनाको मृत्यु भएको थियो ।’’ उनले भने, ‘‘शनिबार बिहान थप दुई जनाको पहिरोमा परी मृत्यु भएको छ ।’’ बाढी पहिरोमा परेर कालिकोटको नरहरिनाथ गाउँपालिकामा ९ जनाको मृत्यु, १ बे पत्ता, रास्क ा ेट नगरपालिकामा ३ को मृत्यु, ५ बेपत्ता, खाँडाचक्र नगरपालिका १ जनाको मृत्यु, महावै गाउँपालिकामा २ जनाको मृत्यु र पलाँता गाउँपालिकामा १ जनाको मृत्यु, सान्नी त्रिवेणी गाउँपालिकामा २ जना र पचालझरना गाउँपालिकामा १ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए । बाढी पहिरोको क्षतिका विषयमा अहिले पनि सूचना संकलन गरिरहेको अन्य क्षतिका विषयमा विस्तृत विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ‘‘घर भत्किएको, घरवा रविहीन भएक ा े विष् ायमा अहिलेसम्म पूरै विवरण आएको छैन ।’’ उनले भने, ‘‘प्रहरीमार्फत् सूचना संकलन गरिरहेका छौं ।’’ बेपत्ता तथा मृतकका परिवारलाई राहत दिने पहिरोमा परी मृत्यु भएका तथा बेपत्ता भएका परिवारलाई २ लाखका दरले संघीय सरकारमार्फत् राहत दिने प्रमुख जिल्ला अधिकारी गैरेले बताए । ‘‘विगतमा बाढी पहिरो लगायतका विपद्मा परी मृत्यु भएका १ लाख राहत दिने संघीय सरकारको निर्णय भएको थियो ।’’ उनले भने, ‘‘केही दिन अघि २ लाख राहत उपलब्ध ग राउन े स ंघीय सरकारको निर्देशन रहेको छ ।’’ बाढी पहिरोको क्षतिको अवलोकन भ्रमणमा गएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नरहरिनाथ गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा बाढी पहिरोमा परेर घरबारविहीन भएकालाई आवासका लागि प्रदेश सरकारले घर बनाइदिने बताए । ‘‘पहिरोमा परेर घरबारविहीन भएकालाई प्रदेश सरकारले घर बनाउने छ ।’’ उनले भने, ‘‘पहिरोमा परेर अन्य क्षति भएकालाई राहतको व्यवस्था गरिनेछ ।’’ मुख्यमन्त्री शाहीले पहिरोमा परेका मृतकक परिवारलाई संघीय सरकारबाट २ लाखका दरले र प्रदेश सरकारको विपद् बीमाबापत् २ लाख गरेर ४ लाख राहत उपलब्ध गराइने बताए ।