२०७७ आश्विन १२, सोमबार

सोमबार ६ जना कोरोना संक्रमित थपिए

सुर्खेत ।
आइतबार शुन्य कोरोना संक्रमित देखिएको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत भेरीगंगा नगरपालिका–४ २२ वर्षिया पुरुष, वडा नं. ८ का २२ वर्षिया महिला, दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख नारायण नगरपालिका–१ की २७ वर्षिया महिला, डुगेश्वर गाउँपालिका–२ का २७ वर्षिया पुरुष र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा मुसिकोट नगरपालिका–१ की २४ वर्षिया महिला र सोही नगरपालिका वडा नं. ६ का २५ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए । ‘आइतबार शुन्य संक्रमित रहेको कर्णालीमा सोमबार ६ जनामा कोरोना संक्रमणका बिरामी फेला परेका छन् ।’ उनले भने,‘कर्णालीका कोरोना संत्रमितको संख्या १९४५ पुगेको छ ।’
त्यस्तै, कर्णाली प्रदेशका बिभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएको डा. तिवारीले बताए । ‘हाल सक्रिय संक्रमितका बिरामी २११ जना रहेका छन् ।’ उनले भने,‘हालसम्म कोरोना संक्रमण जित्नेको संख्या १७२८ रहेको छ ।’