२०७७ आश्विन १२, सोमबार

कर्णालीका चार जिल्ला कोरोनामुक्त !

सुर्खेत ।
कर्णालीका चार जिल्लाका कोरोनाको कोरोनामुक्त जिल्ला भएका छन् । कर्णालीका रुकुमपश्चिम, हुम्ला, डोल्पा र जुम्ला कोरोनामुक्त जिल्ला भएका हुन् ।
रुकुमपश्चिम २६ जना, हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएका पनि हाल डिस्चार्ज भएर कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले जनाएको छ ।
हाल कर्णालीका छ जिल्लामा कोरोना संक्रिय संक्रमित बिरामी रहेको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताए ।
महाशाखा प्रमुख डा.तिवारीका अनुसार सुर्खेत ३५ जना, दैलेखमा १२४ जना, जाजरकोटमा १२ जना, सल्यानमा ९ जना, कालिकोटमा १२ जना र मुगुमा १ जना गरेर १९३ जना अहिले प्रदेशका बिभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा रहेको डा.तिवारीले बताए । ‘कर्णालीमा संक्रिय संक्रमितको संख्या २११ जना रहेका छन् । अहिले केही आईसोलेसन सेन्टर र अस्पतालमा जाने क्रममा हुनुहुन्छ ।’ उनले भने,‘केही चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा रहनुभएको छ ।’