२०७७ आश्विन १२, सोमबार

प्रहरीद्वारा १०३ जना फरार प्रतिवादी पक्राउ

सुर्खेत ।
कर्णाली प्रदेश प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयले अभियान नै चलाएर फरार रहेको प्रतिवादीहरुलाई पक्राउ गर्न थालेको हो ।
प्रदेश प्रहरी कार्यालय बैशाख यता अभियान नै चलाएर अदालतबाट फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी राजेशनाथ बास्तोलाले बताए । ।‘बैशाख यता १ सय ३ जना फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको छ ।’ उनले भने,‘कर्णालीका सबै जिल्लामा अदालतले कैद तथा जरिवाना सुनाएका १ हजार ९ सय ६९ जना प्रतिवादी अझै फरार छन् ।’
बिभिन्न अभियोगमा अदालतले कैद सजाय सुनाएका सुर्खेतमा ५ जना, दैलेखमा ३ जना जाजकोटमा १ जना, सल्यानमा ८९ जना, डोल्पामा २ जना, जुम्लामा १ जना र रुकुमपश्चिममा १ जना प्रतिवादी पक्राउ गरिएको प्रवत्ता बास्तोलाले बताए । ‘यी सबैको ६५ बर्ष ६ महिना ३ दिन कैद भुक्तानी गर्न बाँकी रहेको छ ।’ उनले भने ‘यी सबै प्रतिवादीबाट ११ लाख १३ हजार ४ सय २४ रुपैयाँ जरिवाना असुल गरिएको छ ।’