२०७७ आश्विन १२, सोमबार

सहिदको सालिक राख्न जग्गा नै पाइएन्

जुम्ला, ६ साउन । कर्णाली प्रदेश स्वायत्त बनाउनका सहिद भएका हरिबहादुर कुँवरको सालिक राख्ने जग्गाको अभाव भएको छ । जग्गाको अभाव भएका कारणले निर्माण भएको सालिक एउटा कोठामा राखिएको छ ।

कर्णाली स्वायत्त प्रदेशको माग राख्दै भएको आन्दोलनमा २०७२ भदौ ६ गते कुँवर सहिद भएका थिए । जुम्लामा सहिद कुँवरको सालिक राख्न सहमत भएको र अहिले सहमत नहुँदा समस्या भएको हो ।

सहिद कुँवरको गोली लागेको ठाउँ जिल्ला प्रशासन कार्यालयको पेरिफेरिमा राख्दा उचित हुने निष्कर्षमा राजनीतिक दल पुगेपछि तत्कालिन घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिक राख्ने निर्णय भएको थियो । तर, अहिले नयाँ भवन निर्माण गर्दा सालिक राख्ने स्थान समेत नभएपछि अन्यौल रहेको छ ।

सहिदको सालिक राख्ने ठाउँपनि दुःखद पक्ष भएको सहिद कुँवरका दाजु राजबहादुर कुँवरले बताए ।