२०७७ मंसिर १३, शनिबार

उत्तरकोरियाले एकैसाथ हान्यो तीन वटा वटा मिसाइल

north-korea-1सउल, २० भदौ । उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल एकैसाथ प्रहार गरेको छ । पूर्वी तटीय क्षेत्रबाट उत्तर कोरियाले तीन वटा ब्यालेस्टिक मिसाइल समुद्रमा प्रहार गरेको भन्दै दक्षिण कोरिया सशंकित भएको छ ।

हवांजु क्षेत्रबाट उत्तर कोरियाले मिसाइल प्रहार गरेको समाचार संस्था योनहापले जनाएको छ । ब्यालेस्टिक मिसाइल परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले प्रतिबन्ध अस्वीकार गर्दै आएको छ ।

उत्तर कोरियाले दुई हप्ताअघि पानीमुनिबाट मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले बारंबार मिलाइल परीक्षण गर्दै आएको भन्दै दक्षिण कोरियाले विरोध जनाउँदै आएको छ ।