२०७७ आश्विन १२, सोमबार

नेता नेपालको सुरक्षामा खटिएका नौजना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ भदौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका नौजना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

नेपालका पिएसओसहित नौजना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

नेता नेपाल, उनको परिवार, स्वकिय सचिव, सुरक्षामा खटिने १५ सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरिएको थियो ।

परीक्षण गरिएकामध्ये सुरक्षामा खटिने नौजना सुरक्षाकर्मीको मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ ।