२०७७ आश्विन १२, सोमबार

दैलेखमा पुनः थप तीन दिन निषेधाज्ञा

सुर्खेत, ८ भदौं । जिल्ला प्रशासन कार्यालय दैलेखले भदौ ४ गतेदेखि लगाएको निषेधाज्ञा तीन दिन थपेको छ । भदौ ४ गतेदेखि सुरु गरिएको निषेधाज्ञा भदौ ७ गतेसम्म लगाएको निषेधाज्ञालाई पुनः भदौ १० गतेसम्मका लागि थपिएको हो ।
जिल्लाभित्र सवारी आवागमन पुर्ण रुपमा बन्द गरिएको र आन्तरिक सहजताका लागि अत्यावश्यक सेवाहरुमा खुल्ला गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । ‘तरकारी पसलहरु बिहान २ घण्टा र बेलुका २ घण्टा खुल्ला गर्ने निर्णय गरिएको छ ।’ उनले भने,‘समुदाय संक्रमण फैलिन नदिन र ट्रेसिङ दायरा बढाउनका लागि लकडाउनका समय थप गरिएको छ ।’