२०७७ कार्तिक ११, मंगलवार

बिषालु च्याउ खादाँ चार जना बिरामी थप उपचारका लागि नेपागंज लगियो

सुर्खेत, ८ भदौं । डोल्पामा जंगली च्याउको तरकारी खादाँ चार जना सिकिस्त बिरामी भएका छन् । डोल्पाको ठुलिभेरी नगरपालिका–७ पोखेपानी पाटनमा गोठालो बसेको चार जनाले जंगली च्याउको तरकारी खादाँ चार जना बिरामी परेका हुन् ।
बिरामी पर्नेमा ठुलिभेरी नगरपालिका ७ का ३१ वर्षिया सूर्यबहादुर शाही, उत्तम शाही, वडा नं ८ का सत्यबहादुर शाही र कमलबहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ‘आइतबार साँझ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजे मात्र जानकारी भयो ।’ उनले भने,‘त्यस लगत्तै घटनास्थलमा प्रहरी खटाइए र चारै जनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमा नेपालगंज पठाइएको छ ।’
बिरामि कुरवासहित आठजना भएकाले सिम्रिक एयरले दुई फ्लाईड गरेको नेपालगंज लगिएको छ ।