२०७७ आश्विन १२, सोमबार

सोमबार कर्णालीमा ५१ संक्रमित थपिए, १९ डिस्चार्ज

 

सुर्खेत, ८ भदौं । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ५१३ जनाको स्वाव परीक्षणमा ५१ जनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेत, चितवन कन्चनपुरका २÷२ जना, बर्दिया, सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका १÷१ जना गरि ११ जना, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम गरिएको परीक्षणमा रुकुमपश्चिमका १८ जना, जाजरकोटका १५ जना, बर्दिया, डडेल्धुरा, धादिङ्, उदयपुरका १÷१ जना गरि ३७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट ३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘कर्णालीमा सोमबार ५१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।’ उनले भने,‘योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या २२९५ पुगेको छ ।’

सोमबार कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या १९ जना रहेको महाशाखा प्रमुख शाहीले बताए । ‘कोरोना संक्रमण निको हुनेको संख्या १९९२ रहेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या २९७ रहेको छ ।’