२०७७ कार्तिक १५, शनिबार

कर्णालीमा १५ जना कोरोना संक्रमित थपिए, १५ डिस्चार्ज

सुर्खेत, ९ भदौं । कर्णालीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको ७०० जनाको स्वाव परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ४ जना, दैलेखका २ जना, सल्यानका २ जना, धनुषा र कन्चनपुरका १–१ जनामा गरि ११ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ४ जना, दैलेख, जुम्लाका १–१ जना र दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णालीका ४ वटा प्रयोगशालामा ७०० जनाको स्वाव परीक्षण गरिएको जसम्धये प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २३२, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २८२, दैलेख अस्पताल दैलेखमा ३५ र चौरजहारी नगरपालिकाको पिसिआर मेसिन रुकुमपश्चिममा १५८ जनाको स्वाव परीक्षण गरिएको महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए । ‘त्यसमध्ये १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।’ उनले भने,‘योसँगै कर्णालीमा संक्रमितको संख्या २३१३ पुगेको छ ।’
मंगलबार कर्णालीका बिभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालबाट १५ जनामा कोरोना संक्रमण निको भएर घर फिर्ता भएको प्रमुख शाहीले बताए । ‘कोरोना संक्रमण निको हुनेको संख्या २००७ पुगेको छ ।’ उनले भने,‘हाल संक्रिय संक्रमितको संख्या ३०० रहेको छ ।’