२०७७ कार्तिक १३, बिहीबार

उपचारमा सहयोगका लागि बम परिवारको आग्रह

नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराइरहेका वीरेन्द्र बम । फोटोः नयाँ नेपाल दैनिक

सुर्खेत । दाउरा काट्न जाँदा भीरबाट लडेर मानसिक सन्तुलन बिग्रीएका विरेन्द्र बमको उपचारका लागि सक्दो सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बमको उपचारमा धेरै खर्च लाग्ने भए पछि परिवारले सहयोग गरी जीवन बचाइदिन आग्रह गरेका छन् ।

बिगत केहि बर्षयताबाट वीरेन्द्रनगरमा घुम्टी पसल गदैँ आएका विरेन्द्र कोरोना भाइरसको माहामारी सुरु भए पछि जन्म थलो दैलेखको गुराँस गाउँपालिका ५ साविकको गगनपानी गएका थिए । जन्मथलो गएको समयमा उनी बैशाख ५ गते जंगलमा दाउँरा काट्न जादाँ भिरबाट लडेर टाउँकोमा गम्भिर चोट लागेको थियो । आफन्त र परिवारको सहायताले उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको थियो । अस्पतालले कोहलपुर रिफर गरेपछि उनलाई बुटवल हुँदै नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

गम्भिर घाइते भएका बमको टाउँको, घाटी तथा छातीको भित्रि भागमा गम्भिर रुपमा चोट लागेको अस्पतालले जनाएको छ । बैशाख यता लामो समय सम्म उपचार गराउँदा भएको पैसा सकिए पछि सहयोगका लागि श्रीमती धनरुपा बुढाले अपिल गरेकी हुन । ‘बैशाख यता उपचार गराउँदा गराउँदै आफु संग भएको, नातेदार तथा छिमेकीहरु सँग ऋण सापट गरेको १० लाख बढि पैसा सकियो । तर उहाँलाई ठिक भएन,’ उनले भनिन्, ‘अहिले उहाँको आखाँ, कान, टाउको, घाँटीमा समस्या धेरै समस्या छ । बोलेको केहि पनि बुझिदैन । हिँडडुल गर्न सक्नु हुँदैन । औषधी खाइरहनु भएको छ तर सन्चो भएको छैन ।’

लामो समय सम्म नेपालगञ्ज मेडिकल कलेजमा उपचार गराउँदा केहिमात्रामा सन्चो भएको बताइन् । ‘थप उपचार गर्ने पैसा नभए पछि हामीले उहाँलाई अहिले सुर्खेत ल्याएर राखेका छौँ,’ उनले थपिन, ‘यदि पैसाको जोहो भए पछि काठमाडौँ, वा लखनौ लगेर चेक गराउने सोच बनाएका छौँ ।’ थप उपचारको लागि डाक्टरले ८ देखि १० लाख सम्म रकम लाग्ने बताएको भन्दै धनरुपा तथा उनका परिवाले सहयोग गरीदिन आग्रह गरेका हुन ।

उपचाररत बमलाई सहयोग गर्न चाहानेले उनकी श्रीमती धनरूपाको मोवाइल नम्बर ९८६८३१७०२३ फोन गरेर पत्यक्ष भेटेर सहयोग गर्न सकिनेछ । भने उनको माछापुच्छे बैंकमा रहेको खाता नम्बर ७३२३५२४८५३४७००१८ मा पनि सहयोग गर्न सकिने छ । घाइते बमको श्रीमती र एक सात बर्षका छोरा रहेका छन् ।